मिस वर्ल्डको भोटिङमा पछि परिन् अनुष्का

काठमाडौं। ‘मिस नेपाल वल्र्ड’ अनुष्का श्रेष्ठ मिस वल्र्ड २०१९ को प्रतिस्पर्धामा छिन्।

१४ डिसेम्बरमा लण्डनमा आयोजना हुने ६९औं मिस वल्र्ड प्रतियोगिताका लागि अनुष्का आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा अगाडि बढाउँदैछिन्।

विश्वभरका ११२ सुन्दरीमाझ आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याउन अनेक कोशिस गर्दै आएकी छन्।

हेड टु हेड च्यालेन्जमा उनले आफ्नो प्रस्तुति दिइसकेकी छन्। भोटिङका आधारमा सीधै टप २० मा पर्ने मिस वल्र्डको नियम छ।

सोहीअनुसार सबैभन्दा बढी भोट ल्याउने एकजना सीधै टप २० मा पर्छ।

केही दिनसम्म पहिलो नम्बरमा रहेकी अनुष्का यतिबेला दोस्रो स्थानमा झरेकी छन्। यो समाचार तयार पार्दासम्म १३.७८ प्रतिशत भोट ल्याएर भियतनामकी सुन्दरी लोअङ थुय लिंह पहिलो नम्बरमा छिन्।

दोस्रो नम्बरमा झरेकी अनुष्काले ११.८३ प्रतिशत भोट ल्याएकी छन्।

अनुष्कालाई बंगलादेशकी सुन्दरीले पछ्याइरहेकी छन्। बंगलादेशकी सुन्दरी रफह तेर्साले ११.४७ प्रतिशत भोट पाएकी छन्।

छिमेकी देश भारतकी सुन्दरी भने भोटिङमा निकै पछि छिन्। भारतीय सुन्दरी सुमन रातनसिंहले ३.३८ प्रतिशत भोट पाएकी छन्।

सर्वाधिक भोट ल्याउने सुन्दरीले मल्टिमिडिया अवार्ड जित्नेछिन्, जसलाई उत्कृष्ट २० मा सोझै पु¥याइनेछ।

गत वर्ष भएको ६८औं मिस वल्र्डमा नेपालकी सुन्दरी श्रृंखला खतिवडा सबैभन्दा बढी भोट ल्याएर सीधै टप २० मा परेकी थिइन्।

अनुष्कालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ। यस्तै मिस वल्र्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ।

यसरी गर्नुहोस् भोट?

तपाईंको मोबाइलमा ‘मोबस्टार’ एप डाउनलोड गर्नुहोस्।

‘एमओबीएसटीएआर’ एप कुनै सामाजिक सञ्जाल फेसबुक र गुगलमार्फत् लगइन गर्नुहोस्।

आइओएस प्रयोगकर्ताहरूले अंग्रेजीमा अनुष्का श्रेष्ठ लेखेर सर्च गर्नुहोस्। सर्च गरेपछि तपाईंले अंग्रेजीमा अनुष्का लेखेको एउटा प्रोफाइल देख्नु हुन्छ। त्यसपछि त्यहाँ नीलो टीक देख्नु हुनेछ। त्यहाँ गएर तपाईले अनुष्कालाई फलो गर्नुपर्ने हुन्छ।

उनको पोष्टहरूमा दायाँ र बायाँ स्वाइप गर्नुहोस्। त्यति गरेपछि ‘एस’ देखाउँछ।

त्यसपछि मात्र त्यो भोटको रूपमा गणना हुनेछ। नयाँ अपडेटहरूका लागि भने उनको प्रोफाइल दैनिक हेर्नुपर्ने हुन्छ।

साथै उनको हरेक पोष्टहरूमा कमेन्ट गर्नुपर्ने हुन्छ। फेयर कमेन्टहरू मात्रै गणना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्