ह्‍याप्पी बर्थडे ऋतिक !
काठमाडौं। बलिउड अभिनेता ऋतिक रोशन आजदेखि ४७ वर्षमा प्रवेश गरेका छन्। १० जनवरी १९७४ मा मुम्बईमा जन्मिएका उनले सन् २००० मा सुपरहिट भएको चलचित्र ‘कहो ना प्यार है’ बाट डेब्यू गरेका थिए। पहिलो चलचित्रबाटै हिट भएपछि उनी यति धेरै अलमलमा परे कि उनी धुरूधुरू रोएका थिए।
जुन कुराको खुलाशा उनकै बुबा तथा निर्देशक राकेश रोशनले एक अन्तर्वार्ताको क्रममा गरेका थिए। चलचित्र रिलिज भएको तीन चार महिनापछि उनी एकाएक चर्चामा आए। राती घरको कोठामा गएर उनी एक्लै रोएको उनको बुबाको भनाई थियो।
रूदै उनले बुबासँग भनेका थिए, “म यो लोकप्रियता सम्हाल्न सक्दिन्। म अब काम गर्न सक्दिन्। स्टूडियो जान सक्दिन्। मलाई भेट्नका लागि युवा युवतीको लर्को लागिरहेको छ। मलाई काम सिक्ने मौका नै मिलेन्। सबै मानिसहरू मलाई भेट्न चाहन्छन्।”
त्यसपछि उनका बाबु राकेश रोशनले ‘तिमीले यसलाई माया तथा आर्शिवादको रूपमा हेर्नुपर्ने’ भन्दै ऋतिकलाई सम्झाएका थिए।
ऋतिकको रियल लाइफमा पनि रिल लाइफ जस्तै लभ स्टोरी छ। रियल लाइफमा उनी श्रीमती सुजैनसँग चलचित्र ‘कहो ना प्यार है’ मा सोनिया अर्थात अमिषा पटेलसँगजस्तै गरी भेटिएका थिए। चलचित्रमा अमिषासँग ऋतकिको ट्राफिक सिग्नलमा भेट भएको थियो। ठिक यसैगरी श्रीमती सुजैनसँग पनि उनको पहिलो भेट ट्राफिक सिग्नलमा नै भएको थियो।
उक्त हमला उनलाई धम्क्याउनको लागि गरिएको थियो। चलचित्र ब्लकबस्टर भएपछि उक्त चलचित्रबाट आएको कमाई आफूलाई पनि दिनुपर्ने भन्दै माफियाले हमला गरेका थिए।
ऋतिकको दाँया हातमा ६ वटा औला छन्। चलचित्रको छायांकनको क्रममा छैठौं औला लुकाउनका लागि उनले पञ्जा लगाएका थिए। चलचित्रमा उनको बायाँ हातलाई प्राथमिकतामा राखेर त्यही आधारमा छायांकन गरिएको थियो।
ऋतिकको ‘डेब्यू’ चलचित्रमा अभिनेत्री अमिषाकी आमा आशा पटेलले समेत काम गरेकी थिइन्। ऋतिकको डबल रोल अर्थात राजकी आमाको भूमिकामा आशा नै थिइन्। यसअघि अमिषालाई भने चलचित्रमा काम गर्न घरपरिवारले रोक लगाएको थियो।
उक्त चलचित्रका लागि ऋतिकभन्दा पहिला शाहरूख खान तथा करिना कपुरलाई छनोट गरिएको थियो। तर, शाहरूखले छायांकनको समयमा काम गर्न अस्विकार गरेका थिए भने करिनाकी आमासँगको विवादका कारण उनको ठाउँमा अमिषालाई राखिएको थियो। पछि यो ऋतिक र अमिषा दुवै जनाको ‘डेब्यू’ चलचित्र बन्न पुग्यो।
शाहरूखको ‘दिल से’ पछि ऋतिकको यहि चलचित्र सबै अवार्ड जित्ने दोस्रो चलचित्र बन्न पुगेको थियो। चलचित्रले बेस्ट म्यूजिक, प्लेब्याक सिंगर मेल, कोरियोग्राफीको समेत अवार्ड जितेको थियो। सन् २००२ मा सबै भन्दा बढी अवार्ड पाउने चलचित्रका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत यसले नाम लेखिएको थियो। उक्त चलचित्रले कुल ९२ अवार्ड जितेको थियो।
पूर्व श्रीमतीको शुभकामना
ऋतिकको जन्मदिनको अवसरमा उनलाई शुभकामना आउने क्रम जारी छ। यसै क्रममा उनकी पूर्व पत्नी सुजैन खानले समेत बर्थडेको शुभकामना दिएकी छिन्। उनले इन्स्टाग्राममा एक सुन्दर भिडिओ सार्वजनिक गरेकी छिन्।
सुजैनले लेखेकी छिन्, “जन्मदिनको लाखौं लाख शुभकामना रे..। तिमी संसारकै सबैभन्दा राम्रो मानिस हौं। तिमीलाई जीवनमा सबैभन्दा राम्रो मिलोस्।...।”
उक्त भिडिओमा ऋतिक आफ्ना छोरा ऋहान तथा ऋदानसँगै देखिएका छन्। उनको जन्मदिनका अवसरमा बलिउडकर्मीहरू ट्विङ्कल खन्ना, प्रग्या कपूर, अभिषेक कपूर लगायतले पनि शुभकामना दिएका थिए।
सुजैन र ऋतिक सम्बन्धविच्छेद गरेर अगल–अलग बस्दै आएका छन्। सम्बन्ध विच्छेदका लागि सुजैनले नै प्रस्ताव राखेकी थिइन्। तर, छोराहरूका लागि दुवै जना अझै पनि नजिक छन्।
प्रतिक्रिया दिनुहोस्