काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनको सिजन २ प्रशारणको तयारीमा छ। शोका लागि २४ जना प्रतिस्पर्धी छानिइसकेका छन्।
डिजिटल अडिसनमार्फत छानिएका उनीहरूको प्रस्तुती क्लिप भिडिओ सार्वजनिक भइरहेको छ। जसमा एक प्रतिस्पर्धीको प्रस्तुती भने भारतीय कमेडीसँग हुबहु मिलेपछि उनलाई हटाइएको छ।
प्रतिस्पर्धी मध्येका एक तपेश्वर सिंहको प्रस्तुती भारतीय कमेडीसँग हुबहु मिलेपछि उनलाई हटाइएको हो। उनको ठाउँमा अक्जल पूजारीलाई शीर्ष २४ मा प्रवेश दिइएको कमेडी च्याम्पियनले जनाएको छ।
सिंह गोल्डेन माइक समेत जितेर प्रतिस्पर्धामा प्रवेश गरेका थिए। उनलाई निष्काशन गरिएसँगै उनको गोल्डेल की पनि फिर्ता गरिएको छ। अरूको सिक्ने तर, सिर्जना गर्दा नितान्त व्यक्तिगत हुनुपर्ने भन्दै अरूको कन्टेन कपी गर्दा समस्या हुने च्याम्पियनले जनाएको छ।
डिजिटल अडिसनबाट छनोट भएर आएका १८० जनाको फिजिकल अडिसन पुसको पहिलो हप्ता काठमाडौंमा भएको थियो।
भदौ १५ गतेदेखि असोज ३० गतेसम्म डिजिटल अडिशन लिइएको थियो। जसमा ६ हजार भन्दा धेरैको सहभागीता थियो।
शीर्ष २४ बाट उत्कृष्ट १५ मा पर्नेलाई भोटिङमार्फत छानिनेछ। उक्त शो फेब्रुअरी ६ गतेबाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुनेछ। विजेताले कार र २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए। शोको निर्णायकमा सिजन-१ कै हास्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेल तथा निर्देशक प्रदीप भट्टराई र नायिका ऋचा शर्मा हुने छन्।
" /> काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनको सिजन २ प्रशारणको तयारीमा छ। शोका लागि २४ जना प्रतिस्पर्धी छानिइसकेका छन्।प्रतिस्पर्धी मध्येका एक तपेश्वर सिंहको प्रस्तुती भारतीय कमेडीसँग हुबहु मिलेपछि उनलाई हटाइएको हो। उनको ठाउँमा अक्जल पूजारीलाई शीर्ष २४ मा प्रवेश दिइएको कमेडी च्याम्पियनले जनाएको छ।

">