काठमाडौं। बलिउड अभिनेत्री उर्वशी प्रायः चर्चामा आइरहन्छिन्। कहिले पारिश्रमिकका विषयमा त कहिले कपडाका कारण उनीमाथि धेरैको नजर पर्छ।
यतिबेला फेरि उनी पारिश्रमिक र कपडाका कारण चर्चामा आएकी छिन्। उर्वशीले दुबईस्थित एक पार्टीमा छोटो प्रस्तुति दिएकी थिइन्। जसका लागि उनले चार करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
उक्त पार्टी सेलिब्रेसनका लागि उनले लगाएको ड्रेस (पोसाक) पनि निकै महँगो थियो। उक्त ड्रेस ३२ लाख भारूको थियो। जुन यतिबेला उनका शुभचिन्तक मात्र नभएर सेलिब्रेटीहरूबीच पनि चर्चाको विषय बनेको छ।
३१ डिसेम्बरमा नयाँ वर्षको अवसरमा दुबईमा आयोजित कार्यक्रममा उर्वशीले १५ मिनेटको प्रस्तुति दिएकी थिइन्। जसका लागि उनले चार करोड पारिश्रमिक लिएकी हुन्।
उक्त पार्टीमा उनले लगाएको ड्रेस चर्चित डिजाइनर माइकल सिनेकोले डिजाइन गरेका थिए। उर्वशीको उक्त गाउन बनाउनका लागि पूरै १५० घण्टा लागेको बताइएको छ। उर्वशी यसअघि पनि महँगो ड्रेसका कारण चर्चामा आउने गरेकी थिइन्।
उनी यसअघि चलचित्र ‘वर्जित भानुप्रिया’मा देखिएकी थिइन्। अब उनी तेलुगु तथा हिन्दी भाषामा बन्न लागेको चलचित्र ‘ब्ल्याक रोज’मा देखिनेछिन्।
" /> काठमाडौं। बलिउड अभिनेत्री उर्वशी प्रायः चर्चामा आइरहन्छिन्। कहिले पारिश्रमिकका विषयमा त कहिले कपडाका कारण उनीमाथि धेरैको नजर पर्छ।यतिबेला फेरि उनी पारिश्रमिक र कपडाका कारण चर्चामा आएकी छिन्। उर्वशीले दुबईस्थित एक पार्टीमा छोटो प्रस्तुति दिएकी थिइन्। जसका लागि उनले चार करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

">