काठमाडौं। कोरोना महामारीका कारण नौ महिना सिनेमा हल बन्द भए। सरकारसँग पटक–पटक आग्रह गर्दा पनि तयार नभएपछि व्यवसायी आफैंले ‘विद्रोह’ गरेर हल खोले।
हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। तर, माघ १ गतेदेखि भने नयाँ चलचित्र रिलिज हुनेछ।
अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर अभिनित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो।
यसअघि फिल्मको शीर्ष गीत सार्वजनिक भइसकेको छ। जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो।
शिव श्रेष्ठको लगानी तथा दीपेश सापकोटाको निर्देशन रहेको यो चलचित्र दर्शक आउने/नआउने यकिन नभएकै बेला रिलिज गर्न लागिएको हो।
चलचित्रमा नायिका प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको मुख्य भूमिका छ।
श्रेष्ठले भने लामो समयदेखि हल बन्द रहेको अवस्थामा यसलाई चलायमान बनाउन आफूले जोखिम मोलेको बताएका छन्।
दर्शकबाट ४० वर्षदेखि पाएको माया र विश्वासकै कारण आफूलाई चलचित्र रिलिज गर्ने हौसला मिलेको उनको भनाइ छ। चलचित्र क्षेत्र कोमामा पुगेको बेला यसलाई माथि उठाउन कोही अघि नसरेको भन्दै आफूले त्यो जोखिम लिएको उनले बताए।
" /> काठमाडौं। कोरोना महामारीका कारण नौ महिना सिनेमा हल बन्द भए। सरकारसँग पटक–पटक आग्रह गर्दा पनि तयार नभएपछि व्यवसायी आफैंले ‘विद्रोह’ गरेर हल खोले।हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। तर, माघ १ गतेदेखि भने नयाँ चलचित्र रिलिज हुनेछ।

">