काठमाडौँ। बलिउड अभिनेत्री अनुष्का शर्मा चाँडै नै पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन्। उनी अबको एक महिनामा नै बच्चालाई जन्म दिनेछिन्।
गर्भवती अवस्थामा पनि उनले आफूलाई निकै व्यस्त राख्ने गरेकी छिन्। नियमित व्यायाम गर्नेदेखि लिएर हल्का खालको कामसमेत गर्दै आएकी छिन्। उनले आज सोसल मिडियामा एक भिडिओ सेयर गरेकी छिन्, जसमा उनी ट्रेडमिलमा व्यायाम गरिरहेको देखिएकी छिन्। भिडिओमा बेबी बम्प पनि देखिएको छ।
त्यस्तै, उनी घरमै बसेर पनि सामान्य कामलाई भने निरन्तरता दिइरहेकी छिन्।
यसअघि अनुष्काले योगा गर्दै गरेको तस्बिर शेयर गरेकी थिइन्, जसमा पति विराट कोहलीले शीर्षासन गर्नमा सहयोग गरिहेका देखिएका थिए। गर्भवतीको अवस्थामा उनले थुप्रै फोटोशुट गराउँदै आएकी छिन्, जसमा बेबी बम्प देखिन्छ।
अनुष्का र विराटले गत अगष्टमा आफुहरू आमाबुवा बन्न लागेको जानकारी दिएका थिए।
अनुष्का बच्चालाई जन्म दिएको चार महिनामा नै काममा फर्किनेछिन्। अनुष्का यसअघि शाहरुख खानसँग चलचित्र ‘जीरो’मा देखिएकी थिइन्। त्यसपछि भने कुनै पनि प्रोजेक्टमा काम गरिनन्।
बच्चालाई जन्म दिएको चार महिनापछि मात्र आफु काममा फर्किने योजना यसअघि नै बनाएकी थिइन्।
" /> काठमाडौँ। बलिउड अभिनेत्री अनुष्का शर्मा चाँडै नै पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन्। उनी अबको एक महिनामा नै बच्चालाई जन्म दिनेछिन्।गर्भवती अवस्थामा पनि उनले आफूलाई निकै व्यस्त राख्ने गरेकी छिन्। नियमित व्यायाम गर्नेदेखि लिएर हल्का खालको कामसमेत गर्दै आएकी छिन्। उनले आज सोसल मिडियामा एक भिडिओ सेयर गरेकी छिन्, जसमा उनी ट्रेडमिलमा व्यायाम गरिरहेको देखिएकी छिन्। भिडिओमा बेबी बम्प पनि देखिएको छ।

">