एजेन्सी। एकपछि अर्को हिट फिल्म दिँदै आएका अभिनेता अक्षय कुमार पछिल्लो समय बलिउडका सबैभन्दा सफल तथा बढी कमाइ गर्ने अभिनेतामा पर्छन्।
पछिल्ला वर्षहरूमा अक्षयका हरेक फिल्मले भारत र विदेशमा राम्रो कमाइ गरेका छन्।
अमेरिकी बिजनेस म्यागेजिन फोब्सले अक्षयको पछिल्लो ६ वर्षको कमाइ सार्वजनिक गरेको छ। उनले ६ वर्षमा १७.४४ अर्ब भारतीय रूपैयाँ कमाइ गरेका छन्।
फोब्सका अनुसार सन् २०२० मा अक्षयको फिल्मले तीन अर्ब ५६ करोड ५७ लाख भारतीय रूपैयाँ आर्जन गरेको छ। कोरोना महामारीका बीच अक्षयको पिल्मले गरेको यो कमाइलाई निकै आकर्षक मानिएको छ।
सन् २०१९ मा अक्षयको लागि सबैभन्दा राम्रो वर्ष सावित भयो। उक्त वर्ष उनको पाँच फिल्म- केसरी, ब्लैंक (विशेष उपस्थिति), मिसन मंगल, हाउसफूल ४ र गुड न्यूज र ब्रान्ड इन्डोसमेन्टबाट चार अर्ब ५९ करोड २२ लाख भारतीय रूपैयाँ आर्जन गरेका थिए।
अक्षय कुमारले सन् २०१८ मा दुई अर्ब ७७ करोड ६ लाख भारतीय रूपैयाँ, सन् २०१७ मा दुई अर्ब ३१ करोड ६ लाख भारतीय रूपैयाँ, सन् २०१६ मा दुई अर्ब ११ करोड ५८ लाख भारतीय रूपैयाँ र सन् २०१५ मा दुई अर्ब आठ करोड ४२ लाख रूपैयाँ कमाएका थिए।
" /> एजेन्सी। एकपछि अर्को हिट फिल्म दिँदै आएका अभिनेता अक्षय कुमार पछिल्लो समय बलिउडका सबैभन्दा सफल तथा बढी कमाइ गर्ने अभिनेतामा पर्छन्।पछिल्ला वर्षहरूमा अक्षयका हरेक फिल्मले भारत र विदेशमा राम्रो कमाइ गरेका छन्।

">