काठमाडौं। बलिउड नायिका जान्हवी कपूरले मुम्बईमा घर किनेकी छिन्। मुम्बईको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेकी हुन्। बोनी कपूर तथा श्रीदेवीको छोरीसमेत रहेकी उनलाई बलिउडमा डेब्यू गरेको केही वर्ष मात्र भएको छ।
२३ वर्षीया जान्हवीले ३९ करोड भारूमा घर किनेकी हुन्। उनले किनेको घर अर्या बिल्डिङमा रहेको तीन वटा फ्ल्याट छन्। जान्हवीले ७ डिसेम्बरमा घर खरिदको सम्झौता गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
जान्हवीले हालसम्म दुई वटा बलिउड चलचित्रमा मात्र काम गरेकी छिन्। उनले अभिनय गरेको ‘धडक’ र ‘गुञ्जन सक्सेना’ ले राम्रै चर्चा पाएको थियो। अचेल उनी बुवा बोनी कपर तथा बहिनी खुशी कपूरसँगै गोवास्थित लोखण्डावालामा बस्दै आएकी छिन्।
सन् २०१८ मा उनी ‘धडक’मार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। उनको नयाँ चलचित्र ‘रूही अफजाना’ तथा ‘दोस्ताना-२’ प्रदर्शनको तयारीमा छन्।
यतिबेला उनी गोवामा छिन्। उनीसँगै कार्तिक आर्यन पनि साथमा थिए। जाहन्वी र कार्तिक दोस्ताना-२ मा सँगै काम गरेका थिए। करण जोहरको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन पूरा भएर प्रोडक्सनमा छ। यो चलचित्र २००८ मा बनेको दोस्तानाको सिक्वेल हो।
बलिउडमा नयाँ घर किन्नेको संख्या बढ्दै गएको छ। यसअघि पनि थुप्रै बलिउडकर्मीले महँगोमा घर किनेका छन्। आफ्नो परिवारसँग बस्दै आएका उनीहरू एक्लो जीवन जिउने उद्देश्यले नयाँ घर किनिरहेका छन्।