काठमाडौं। चलचित्र ‘अनुराग’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमको हातमा दोस्रो चलचित्र परेको छ। निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि उनले सम्झौता गरिसकेकी छिन्।
कथावस्तु मन परेपछि आफूले सम्झौता गरेको एलिजाको भनाई छ। निर्देशक दीपक श्रेष्ठले केही वर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन्। यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र पक्का भएकी छिन्। अन्य कलाकारको भने टुंगो लागेको छैन्।
रोमान्टिक वा प्रेमकथा भन्दा पनि समाजको कथा भएकाले आफूलाई एकदमै मन परेको एलिजाको भनाई छ। उनले यो चलचित्रमा आफ्नो फरक भूमिका हुने बताइन्। यो चलचित्रमा नायकको रूपमा विपिन कार्कीलाई ल्याउने कुरा समेत चलिरहेको छ। तर, पक्का भइसकेको छैन्।
पत्रकार ऋषी धमलाले एलिजाका लागि उपहार स्वरूप २०७५ सालमा पहिलो चलचित्र निर्माण गरेका थिए। तर, चलचित्रले हलमा दर्शकको मन जित्न सकेको थिएन्। डेब्यू चलचित्र भए पनि एलिजाको अभिनयको भने प्रशंसा भएको थियो। त्यसपछि उनी चलचित्र क्षेत्रबाट टाढा थिइन्।
यो बीचमा थुप्रै म्यूजिक भिडिओमा भने उनले काम गरेकी थिइन्। उनीमाथि दोस्रो चलचित्र कहिले गर्ने भन्ने प्रश्न बारम्बार सोधिने गरिन्थ्यो। दोस्रो चलचित्रका लागि सम्झौता गरेरै उनले यो प्रश्नको जवाफ दिएकी छिन्।