काठमाडौँ। अभिनेता निखिल उप्रेती भन्नेबित्तिकै सबैको मनमा एउटै छवि आउँछ – एक्सन हिरो।
एक जमाना थियो– गुण्डालाई कुटेको, उडेर हानेको हेर्न मन लागेको खण्डमा निखिल अभिनित चलचित्र हेर्नुपर्थ्यो। यसले गर्दा उनी एक्सन हिरोको रूपमा चिनिए।
तर अहिले भने उनको परिचय पूरै परिवर्तन भएको छ। अचेल उनी दार्शनिक अवतारमा देखिन थालेका छन्। लामो दाह्री तथा कपाल पालेर पूरै गेटअप नै परिवर्तन गरेका छन्। उनी यतिबेला जीवन र जगत्बारे गहन ढंगले व्याख्या र विश्लेषण गर्दै हिँडेका छन्।
अरूलाई आत्मज्ञान बाँड्न भन्दै उनले समबोधी फाउण्डेशनमार्फत ‘आरम्भ’ अभियान शुरू गरेका छन्। एक वर्ष अगाडि नै स्थापना गरिएको यो फाउण्डेशनमार्फत् आध्यात्मिक ज्ञान दिइनेछ। कोरोनाका कारण समबोधी अभियान शुरु हुन सकेका थिएन।
यो अभियान पहिलोपटक बुटवलबाट शुरु गरिएको छ। यो अभियानले देशभर नै आध्यात्मिक ज्ञान बाँड्ने उनको योजना छ। यो अभियानलाई विदेशमा पनि विस्तार गरिने उनी बताउँछन्।
यसरी आध्यात्मिक ज्ञान बाँड्न थालेपछि उनले दार्शनिक हिरोको रूपमा पनि परिचय बनाएका छन्। उनले आफूमा पहिल्यैदेखि आध्यात्मिक चेत रहेको बताएका छन्। चलचित्रले आफ्नो नायकको छवि बनाएको तर आध्यात्मिक पक्ष बाहिर नआएको उनले बताए।
“दर्शन, धर्म, समाज र राजनीतिका पुस्तकहरू धेरै पढ्थेँ,” उनी भन्छन्, “यसले मेरो बौद्धिकतालाई निखार्न मद्दत गर्यो। मैले स्वअध्ययन र चिन्तनबाट सिकेका कुरा अरूलाई बाँड्नेछु।”
समबोधी अभियानमार्फत् विशेषगरि युवाहरूमा आत्मज्ञान जगाउनु रहेको उनको भनाइ छ। उनको यो अभियानमा श्रीमती सञ्चिता लुइँटेलले समेत साथ दिएकी छिन्।
" /> काठमाडौँ। अभिनेता निखिल उप्रेती भन्नेबित्तिकै सबैको मनमा एउटै छवि आउँछ – एक्सन हिरो।एक जमाना थियो– गुण्डालाई कुटेको, उडेर हानेको हेर्न मन लागेको खण्डमा निखिल अभिनित चलचित्र हेर्नुपर्थ्यो। यसले गर्दा उनी एक्सन हिरोको रूपमा चिनिए।

">