काठमाडौं। अभिनेत्रीको रूपमा मात्र चिनिँदै आएकी वर्षा सिवाकोटीको परिचय फेरिएको छ। उनी नेपाल मेडिसिटी अस्पताल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक बनेकी छिन्।
छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा उनको पनि शेयर छ। स्किन सिटीमा आबद्ध भएपछि खुशी हुँदै वर्षाले अब यसलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाएकी छिन्।
लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेकी वर्षाले अब व्यापारिक रूपमा पनि आफुलाई अगाडि लगेकी हुन्। यो यात्रामा सफ हुने उनको अपेक्षा छ।
भैँसेपाटीमा मात्रै रहेको स्किन सिटी विस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने उनको भनाई छ। हरेक मानिसको सौन्दर्यले उनीहरूको आत्मविश्वास बढाउने भन्दै त्यसका लागि हरेक मानिसले आफ्नो सुन्दरतामा ध्यान दिनुपर्नेमा जोड दिइन्।
यसअघि चलचित्र क्षेत्रमा पनि उनको अभिनयको चर्चा हुँदैं आएको छ। चलचित्र नाई नभन्नु ल–२ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी वर्षाले अभिनय गर्ने हरेक चलचित्रले चर्चा पाउने गरेको छ।
वर्षा पछिल्लो समय चलचित्र परदेशी–२ को छायांकनमा व्यस्त छिन्। उक्त चलचित्रमा गायन क्षेत्रबाट चलचित्रमा डेब्यू गरेका प्रकाश सपूतसँग उनी जोडी छन्।
" /> काठमाडौं। अभिनेत्रीको रूपमा मात्र चिनिँदै आएकी वर्षा सिवाकोटीको परिचय फेरिएको छ। उनी नेपाल मेडिसिटी अस्पताल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक बनेकी छिन्।छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा उनको पनि शेयर छ। स्किन सिटीमा आबद्ध भएपछि खुशी हुँदै वर्षाले अब यसलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाएकी छिन्।

">