काठमाडौं। सञ्जय लीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘गंगुबाई काठियावाडी’ विरुद्ध प्रहरीमा उजुरी परेको छ। चलचित्रको छायांकन पूरा नहुँदै विवादमा आएको हो।
यो चलचित्र मुम्बईकी माफिया क्विन तथा एक फेमस वेश्यालयकी सञ्चालिका गंगूबाईको जीवनमा आधारित रहेर बन्न लागेको थियो। उनले एडप्ट गरेका चार बच्चामध्ये एक बाबूजी रावजी शाहले हुसैन जैदी, अभिनेत्री आलिया भट्ट र निर्देशक भन्सालीविरुद्ध उजुरी दिएका हुन्।
उक्त चलचित्र हुसैनको किताव ‘माफिया क्विन अफ मुम्बई’ को कहानीमा आधारित रहेर बन्न लागेको छ।
जबदेखि फिल्मको पोस्टर तथा प्रोमो आयो, त्यहि बेलादेखि मानिसहरू प्रताडित हुँदै आएको शाहको दाबी छ। जसका कारण उनको एउटा खुट्टा समेत भाच्चिएको बताइएको छ। उनलाई मात्र नभएर उनको घर परिवारका सदस्यहरूलाई समेत वेश्याको परिवारवाला भन्दै प्रताडित गरिँदै आएको उनको भनाई छ।
शाहले उक्त कितावमा गंगूबाईको वेश्यावृतिबारेमा लेखिएका कुराहरू अपमानजनक भएको बताए। उनले आफूहरूको गोपनियता तथा निजी कुरालाई उछालेर अपमान गराएको बताए। उनले चलचित्रमाथि रोक लगाउनुका साथै कितावको छपाईमाथि नै प्रतिवन्ध लगाउन माग गरेका छन्।
उक्त मामिला मुम्बई सिटी सिभिल कोर्टमा पुगेको छ। अदालतले हुसैन, सञ्जय तथा आलियालाई ७ जनवरी २०२१ सम्म जवाफ दिन निर्देशन जारी गरेको छ।
यतिबेला चलचित्रको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको छ। छायांकनकै लागि मात्र साढे ६ करोड खर्च भइसकेको निर्माण पक्षले जनाएको छ। गंगुबाई ६० को दशकमा मुम्बईको माफियाका लागि ठूलो नाम थियो।
उनका श्रीमानले उनलाई पाँच सय रूपैयाँका लागि बेचिदिएका थिए। त्यसपछि उनी वेश्यावृतिमा लागेकी थिइन्।
उनको कहानीमा आधारित भएर बन्न लागेको यो चलचित्रमा अजय देवगनलाई देख्न सकिनेछ। यो चलचित्रका लागि रणवीर कपूरलाई ल्याउने कुरा चलिरहेको छ। तर, उनीसँग सम्झौता भने भइसकेको छैन्। यो बीचमा अजयलाई पनि केही भुमिका दिनेमा निर्माण पक्ष तयार भएको छ। सोही आधारमा अजयसँग कुराकानी अगाडि बढेको छ।