काठमाडौं। पुस १० गतेदेखि चलचित्र संघको आह्वानमा सिनेमा हल खुले। हल खुलेसँगै दुई वटा नेपाली चलचित्र पुनः प्रदर्शनमा आए। चलचित्र पुनः प्रदर्शनमा आए पनि दर्शक भने हलसम्म आएनन्।
दर्शक नै हलमा नआउँदा चलचित्रकर्मीले यसलाई सामान्य रूपमा लिएका छन्। देशभरका १९३ सिनेमा हलमध्ये अधिकांश हल खुलेका छन्। नौ महिनादेखि सिनेमा हेर्न नपाएका दर्शक जोखिम मोलेर भए पनि हलसम्म जाने मनसायमा थिए। तर, नयाँ नभइ पुरानै चलचित्र पुनः प्रदर्शनमा आएपछि दर्शक हलसम्म जान चाहेनन्।
चलचित्रकर्मीहरूले भने हल खुलेकै दिन दर्शकले हल भरिभराउ हुन्छ भन्ने अपेक्षा नगरेको बताएका छन्। चलचित्र संघका महासचिव अशोक शर्माले सुरूआतमा धेरै दर्शक आउने अपेक्षा आफुहरूको नभएको बताए।
“सिनेमा हल भनेको चलचित्र क्षेत्रको मेरूदण्ड हो। यसलाई खोल्यौं भने मात्र सक्रिय हुन्छ। खुलेकै दिन दर्शकले भरिभराउ हुन्छ भन्ने अपेक्षा होइन। विस्तारै दर्शक आउनुहुन्छ,” उनले भने।
विस्तारै-विस्तारै दर्शकको चाप बढ्ने उनको भनाइ छ। शुक्रबार, शनिबार तथा क्रिसमसको बिदाको दिन पनि हलमा दर्शक पुगेनन्।
चलचित्र निर्देशक प्रदीप भट्टराईले अहिले हल खोल्नुको कारण चलचित्र क्षेत्रलाई सक्रिय बनाउनुमात्र रहेको बताए। “हामीले आजैदेखि दर्शकले हल भरिभराउ गरेर टन्न पैसा कमाउँछौं भन्ने होइन। हामीले त नौ महिनादेखि ठप्प चलचित्र क्षेत्रलाई सक्रिय बनाउन खोजेका हौं,” उनले भने।
चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले अहिले नौ महिनादेखि बन्द रहेका हल खोलेपछि चलायमान बनेको बताए।
“हल नै नखुल्दा गोदामजस्तै बनेका थिए। अहिले हल खोलेर सरसफाइ गर्ने, अन्य व्यवस्थापनको काम भइरहेको छ। जति जना दर्शक आए पनि हल खोलिरहेका छौं,” उनले भने।
हल खुलेसँगै चलचित्र क्षेत्र चलायमान बनेको भन्दै उनले केही समयपछि नयाँ चलचित्र रिलिज गर्नेगरी छलफलसमेत चलिरहेको बताए।
“हामीले निर्माताहरूसँग कुराकानी गरिरहेका छौं। केही समयपछि नयाँ चलचित्र रिलिज गर्छौ,” उनले भने।