काठमाडौं। सलमान खान आजदेखि ५५ वर्षमा लागे। २७ डिसेम्बर १९६५ मा जन्मिएका सलमानले यो वर्ष आफ्नो बर्थडे सेलिब्रेसन नगर्ने बताएका छन्।
कोरोना महामारीका कारण बर्थडे सेलिब्रेसन नगर्ने बताएका सलमानले आफ्ना फ्यानहरूलाई समेत आफ्नो घरमा आएर भीडभाड नगर्न आग्रह गरेका छन्।
बान्द्रास्थित आफ्नो अपार्टमेन्ट ग्यालेक्सीमा हरेक वर्ष उनका फ्यानहरू जम्मा भएर बर्थडे सेलिब्रेसन गर्दै आएका थिए। तर, उनले एक नोटिस जारी गरेर यो वर्ष आफ्नो घरमा आएर भीड नलगाउन अपिल गरेका छन्।
यतिबेला सलमान चलचित्रको छायांकनका लागि घरबाहिर छन्। त्यसैले पनि उनले आफ्ना शुभचिन्तकहरूलाई घरमा नआउन आग्रह गरेका हुन्। जीवनमा पहिलो पटक उनी आफ्नो जन्मदिनमा चलचित्रको छायांकनमा व्यस्त हुनेछन्।
उनले आफ्नो जन्मदिनको अवसरमा चलचित्रकर्मीहरूसँग केक काटेर मनाएका छन्। विगतको जसरी आफ्नो शुभचिन्तकहरूसँग नभएर उनले चलचित्रकर्मीसँग बर्थडे सेलिब्रेसन गरेका हुन्।
उनको जन्मदिनको अवसरमा बलिउडकर्मी, उनको शुभचिन्तक, भारतीय राजनीतिज्ञ लगायतले शुभकामना दिएका छन्।
उनी यतिबेला महेश मान्जरेकर निर्देशित चलचित्र अन्तिमः द फाइनल ट्रुथ को छायांकनमा व्यस्त छन्। सलमान र महेश एक चलचित्र निर्देशक मात्र नभएर नजिकका साथी पनि हुन्। सलमानले महेशकी छोरी सई मान्जरेकरलाई दबंग–३ मा अभिनय गर्ने मौका दिएका थिए।
यो चलचित्रमा सईले नै मूख्य भूमिका निभाउने भनिएको थियो। तर, महेशले उक्त कुरा अस्वीकार गरेका छन्। सलमान खानको अन्तिम चलचित्र दबंग–३ थियो। जुन २० डिसेम्बर २०१९ मा रिलिज भएको थियो।
२०२० को ईदको मौकामा उनको नयाँ चलचित्र राधेः युअर मोस्ट वान्टेड भाई रिलिज हुनेवाला थियो। तर, कोरोना महामारीका कारण जारी लकडाउनले चलचित्र प्रदर्शनमा आउन सकेन्। अब यो चलचित्र २०२१ मा रिलिज हुनेछ। राधे, अन्तिम का सँगसँगै २०२१ मा पठान तथा लाल सिंह चड्डा पनि प्रदर्शनमा आउनेछन्।
जब नोट जलाएर दीपावली मनाए
बलिउडमा सल्लू, भाईजान तथा दबंग नामबाट परिचित सलमान चर्चित राइटर सलीम खानका छोरा हुन्। मध्यप्रदेश इन्दौरमा जन्मिएका उनी अरबाज, सोहेल, अलवीरा तथा अर्पिताका जेठो भाइ हुन्।
उनको बाल्यकाल निकै मस्तीमा बित्यो। सानो हुँदा एक दिन दीपावलीमा उनले कागज जलाएर दीपावली गर्नुपर्नेमा उनले पैसाको नोट जलाएका थिए।
सलीमले नोटको गड्डी राखेका थिए। सलमानले त्यही गड्डी जलाएका थिए।
सलमान एक्टर बन्नुको साटो निर्देशक बन्न चाहन्थ्ये। तर, उनको स्टाइलिस लुक्सका कारण उनलाई एक्टिङ गर्नु सुझाव दिइन्थ्यो। उनले १९८८ मा पहिलो पटक ‘बीबी हो तो ऐसी’ मा सर्पोटिङ रोल निभाएर बलिउडमा प्रवेश गरेका थिए।
यो चलचित्रपछि उनले सूरज बडजात्याको रोमान्टिक ड्रामा चलचित्र ‘मैने प्यार किया’ मा अभिनेताको भूमिका पाए। उक्त चलचित्र १९८९ मा सबैभन्दा बढी कमाउने चलचित्र बन्न्यो। र सलमान यही चलचित्रबाट बेस्ट डेब्यू एक्टरका लागि नोमिनेशनमा परे।
त्यसपछि उनले लगातार बाघी, पत्थर के फूल, सनम बेवफा, कुरवान और साजन, हम साथ साथ हैं, प्यारा किया तो डरना क्या, तेरे नाम, करण–अर्जुन, चोरी–चोरी चुपके–चुपके लगायतका चर्चित चलचित्र दर्शकलाई दिए।
संगीता बिजलानीसँग पहिलो प्रेम सम्बन्ध
अहिलेसम्म विवाह नै नगरेर बसेका सलमान प्रेममा भने परेका थिए। चलचित्रमा आउनु भन्दा पहिला उनी संगीता बिजलानीसँग रिलेसनसिपमा थिए। दुवैजनाको सम्बन्ध १० वर्ष चलेको थियो।
सलमान र संगीताको इंगेजमेन्ट पनि भइसकेको थियो। तर, १९९६ मा इन्गेजमेन्ट टुटेपछि विवाह भएन। त्यसपछि सलमानले विवाह गरेनन्। तर, थुप्रै अभिनेत्रीहरूसँग उनको नाम जोडिरह्यो।
" /> काठमाडौं। सलमान खान आजदेखि ५५ वर्षमा लागे। २७ डिसेम्बर १९६५ मा जन्मिएका सलमानले यो वर्ष आफ्नो बर्थडे सेलिब्रेसन नगर्ने बताएका छन्।कोरोना महामारीका कारण बर्थडे सेलिब्रेसन नगर्ने बताएका सलमानले आफ्ना फ्यानहरूलाई समेत आफ्नो घरमा आएर भीडभाड नगर्न आग्रह गरेका छन्।

">