काठमाडौं। चर्चित भारतीय गायिका नेहा कक्कर र रोहनप्रीत सिंहले २४ डिसेम्बरमा विवाह गरे। दुई जनाबीच अगस्टमा भेट भएको थियो।
‘नेहू दा व्याह’ को म्यूजिक भिडिओको छायांकनको क्रममा उनीहरूबीच चिनजान भएको थियो। उनीहरूको दुई महिनाबीचमै विवाह हुन पुग्यो।
दुवै जनाको विवाहबारे नयाँ–नयाँ कुराहरू विस्तारै खुल्दै गएका छन्। भारतको चर्चित टिभी शो कपिल शर्मा शो मा नेहाले आफ्नो विवाह तथा प्रेमबारे विभिन्न जानकारी दिएकी छिन्।
उनका अनुसार सुरूमा रोहन विवाहका लागि तयार थिएनन्। एक दिन रक्सी खाएपछि रोहनले आफू नेहाबिना बाँच्न नसक्ने र विवाह गर्न चाहेको बताएका थिए। उनले रक्सी नखाएर आफूसँग विवाहको प्रस्ताव गर्न नसकेको बताएकी थिइन्।
यसरी सुरू भयो नेहा–रोहनको लव स्टोरीः
छायांकनपछि रोहनले स्नापच्याटको आईडीको बारेमा नेहासँग सोधेका थिए। नेहाले आफ्नो आईडी दिइन्। त्यहीबाट दुवै जनाबीच कुराकानी सुरू भयो। कुराकानीकै त्रममा नेहाले आफ्नो उमेर पनि भइसकेको र विवाह गर्न चाहेको बताइन्। तर, भर्खरै २५ वर्षका रोहन भने विवाहका लागि तयार भएनन्। त्यसपछि दुवै जनाबीच केही समय कुराकानी बन्द भयो। एकदिन रोहनले भने, “नेहू म तिमीबिना बाँच्न सक्दिनँ। लौ हामी विवाह गरौं।”
यो प्रस्ताव राख्नका लागि रोहनले दुई/तीन बोतल बियर चढाएका थिए। बियर खाएर प्रस्ताव राखेपछि नेहाले यो नसाको तालमा बोलेको भन्दै बेवास्ता गरिन्। अर्कोदिन छायांकनका लागि नेहा चण्डीगढ जान लागेकी थिइन्। रोहन उनको कोठामा पुगेर भने, नेहू हिजो भनेको कुरा याद छ नि? त्यसपछि नेहाले भनिन्, तपाईंले पिउनुभएको थियो। मलाई किन याद रहँदैन र!
दुवै जना एकदमै गम्भीर बनेपछि नेहाले आफ्नो मम्मीसँग कुरा गरिन्। र, विवाहको लागि दुवै पक्ष तयार भए।
नेहा र रोहनबीच पहिलोपटक डायमण्ड दा छल्ली गीतको छायांकनका क्रममा भेट भएको थियो। त्यही बेलाबाट दुवै जना विस्तारै कुराकानी गर्दै गए। केही महिनाको दोस्तीपछि दुवै जनाले विवाह गरे।
" /> काठमाडौं। चर्चित भारतीय गायिका नेहा कक्कर र रोहनप्रीत सिंहले २४ डिसेम्बरमा विवाह गरे। दुई जनाबीच अगस्टमा भेट भएको थियो।‘नेहू दा व्याह’ को म्यूजिक भिडिओको छायांकनको क्रममा उनीहरूबीच चिनजान भएको थियो। उनीहरूको दुई महिनाबीचमै विवाह हुन पुग्यो।

">