काठमाडौं। गत चैतमा लकडाउन जारी भएसँगै चलचित्र क्षेत्रसमेत बन्द भयो। प्रदर्शनमा आइरहेका चलचित्र एकाएक बन्द भए भने छायांकनको काम पनि रोकियो। सबै चलचित्रकर्मी फुर्सदमा रहे।
अब भोलिबाट सिनेमा हलहरू खुल्दै छन्। हलमा यसअघि नै प्रदर्शनमा आइसकेका दुई नेपाली चलचित्र प्रदर्शनमा आउनेछन्। ‘सेन्टी भाइरस’ र ‘आमा’ चलचित्र पुनः प्रदर्शनमा आउन लागेका हुन्। गत फाुगन ९ गतेबाट रिलिज भएका यी दुई चलचित्र महामारीका कारण रोकिएको थियो।
त्यस्तै दुई अंग्रेजी चलचित्र पनि प्रदर्शनमा आउन लागेका छन्। मल्टिप्लेक्स हलहरूमा अंग्रेजी चलचित्र ‘ब्लडसट’ र ‘दि इनभिजिबल म्यान’ रिलिज हुन लागेका हुन्।
हल खुल्ने भएपछि चलचित्रकर्मी निकै उत्साहित बनेका छन्। नायिका केकी अधिकारी पनि हल खुल्ने भएसँगै उत्साहित देखिएकी हुन्।
एकातिर खुशी देखिएकी उनी अर्कोतिर भने भावुक पनि बनेकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “यो शुक्रबार पौष १० गतेदेखि चलचित्र भवनहरू खुल्दै छन्– थोरै भावुक छु, थोरै पुलकित छु।”
आफ्नो आयस्रोत, ज्ञान र मायाको मूल थलो धेरै समयदेखि बन्द रहँदा उनी भावुक बनेकी हुन्। उनले चलचित्रलाई आफ्नो कार्यालय, विद्यालय तथा मन्दिरसमेत मानेकी छिन्।
विशाल पर्दामा आफ्नो नजर केन्द्रीत गरेर कुनै पल गलल दर्शकसँग हास्न त कहिले दृश्यमा डुबेर आँशु झार्न ब्यग्र प्रतीक्षामा रहेको उनको भनाइ छ। चलचित्र भवनभित्र मात्रै प्राप्त गर्न सकिने यस्तो जादुमयी अनुभवको अवसर लामो समयपछि मिल्न लागेको उनले बताइन्।
सुरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाएर चलचित्र हेर्न आउन दर्शकहरूलाई आग्रह उनले आग्रह गरेकी छिन्।
" />काठमाडौं। गत चैतमा लकडाउन जारी भएसँगै चलचित्र क्षेत्रसमेत बन्द भयो। प्रदर्शनमा आइरहेका चलचित्र एकाएक बन्द भए भने छायांकनको काम पनि रोकियो। सबै चलचित्रकर्मी फुर्सदमा रहे।

">