काठमाडौं। चलचित्र व्यवसायीहरूले भोलि अर्थात पुस १० गतेबाट सिनेमा हल खोल्दैछन्। गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले चासो नदेखाएपछि व्यवसायीले स्व:घोषणा गर्दै हल खोल्न लागेका हुन्।
भोलिबाट हलमा नयाँ चलचित्र नभई यसअघि प्रदर्शनमा नै आएको चलचित्र रिलिन हुनेछन्। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले शुक्रबारबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने जानकारी दिए।
यी दुवै चलचित्र हलमा रिलिज भइरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो। दुवै चलचित्रका लागि हलहरूले टिकट बुकिङ पनि खोलिसकेका छन्।
स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्र हल खोलिने अध्यक्ष प्रधानको भनाई छ। देशभरका हल व्यवसायीहरू शुक्रबारबाट हल खोल्न उत्साहित भएको उनी बताउँछन्।
९ महिनादेखि बन्द रहेका हलहरुको व्यवस्थापन तथा सरसफाइको काम सकिएको र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दर्शकहरूलाई स्वागत गर्न तयार रहेको उनले बताए।
दीपेन्द्र के. खनालको निर्देशनमा रहेको चलचित्र ‘आमा’ का र रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ लाई यसअघि दर्शकले रूचाएका थिए। निर्देशक खनालले लामो समयपछि हल खुल्न लाग्दा आफू निकै उत्साहित भएको बताए।
सरकारले भने केही समय पर्खिन आग्रह गर्दै आएको छ। तत्काल नै हल खोल्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले तत्काल हल सञ्चालनको अनुमति दिन मानेको छैन।
सिनेमाको छायांकन भने सुचारु गर्न सकारात्मक भएको सरकारले हल भने केही दिन अझै पर्खेर मात्र खोल्न आग्रह गर्दै आएको छ। तर, व्यवसायीहरू आफैं हल खोल्न अग्रसर भएका हुन्।
" /> काठमाडौं। चलचित्र व्यवसायीहरूले भोलि अर्थात पुस १० गतेबाट सिनेमा हल खोल्दैछन्। गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले चासो नदेखाएपछि व्यवसायीले स्व:घोषणा गर्दै हल खोल्न लागेका हुन्।भोलिबाट हलमा नयाँ चलचित्र नभई यसअघि प्रदर्शनमा नै आएको चलचित्र रिलिन हुनेछन्। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले शुक्रबारबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने जानकारी दिए।

">