काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा फिल्म सिटी निर्माणका लागि कार्यविधि बनाएर कानूनी रूपमा अघि बढ्ने बताएका छन्। आज नेपाल चलचित्र बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले सिटी निर्माणका लागि वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षमा दिएको रू ३ करोड ५० लाख खर्च गर्नका लागि भिमेश्वर नगरपालिकालाई जिम्मा दिने पनि बताएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानीमार्फत् सिटी निर्माणको काम अघि बढाउँदा उपयुक्त हुनेमा जोड दिएका हुन्। आगामी दिनमा हुने स्थायी संरचना निर्माणका लागि भने मन्त्री गुरुङले बोर्डको सदस्य सचिवको संयोजकत्वमा एक महिनाभित्र कार्य समिति बनाएर निकास दिन पनि निर्देशन दिएका छन्।
कार्यक्रममा बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले मन्त्रालयले छलफल र पूर्वाधार निर्माणमा लामो समय खर्च भइसकेको भन्दै आगामी दिनमा भौतिक संरचना निर्माणका लागि लाग्नुपर्ने बताएका छन्। दोलखा फिल्म सिटी निर्माण सहयोग समितिको संयोजक मदनदास श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भएकाले अब यसलाई लामो समय अलमल नगरी गति दिनेतर्फ सबै लाग्नुपर्ने धारणा राखेका छन्।
दोलखाको भीमेश्वर नगरपालिका–९ मा निर्माण गर्न लागिएको उक्त राष्ट्रिय योजनाका लागि १,५०० रोपनी जग्गा तयारी अवस्थामा रहेको छ। सिटी निर्माणअन्तर्गत सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधार निर्माणको काम सकिसकेको संयोजक श्रेष्ठको भनाइ छ। सिटी निर्माणका लागि हाल प्रदेश सरकारले दिएको रकम प्रवेशद्वार निर्माण र प्रचारप्रसारका लागि खर्च गर्ने गरी बैठककमा छलफल भएको छ।
रासस
" /> काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा फिल्म सिटी निर्माणका लागि कार्यविधि बनाएर कानूनी रूपमा अघि बढ्ने बताएका छन्। आज नेपाल चलचित्र बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले सिटी निर्माणका लागि वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षमा दिएको रू ३ करोड ५० लाख खर्च गर्नका लागि भिमेश्वर नगरपालिकालाई जिम्मा दिने पनि बताएका हुन्।सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानीमार्फत् सिटी निर्माणको काम अघि बढाउँदा उपयुक्त हुनेमा जोड दिएका हुन्। आगामी दिनमा हुने स्थायी संरचना निर्माणका लागि भने मन्त्री गुरुङले बोर्डको सदस्य सचिवको संयोजकत्वमा एक महिनाभित्र कार्य समिति बनाएर निकास दिन पनि निर्देशन दिएका छन्।

">