काठमाडौं। साउथ चलचित्रका सुपरस्टार धनुषलाई फेरि अर्को हलिउड चलचित्रमा काम गर्ने मौका मिलेको छ।
हलिउड चलचित्र ‘द ग्रे म्यान’ मा उनले अभिनय गर्न लागेका हुन्। ‘अवेंजर्सः एण्डगेम’ चलचित्रका निर्देशक रूसो ब्रदर्सले नै यो चलचित्रलाई निर्देशन गर्नेछन्। यो चलचित्रमा क्रिस इवान्स, रायन गाँसलिंग तथा अना दे अर्मस जस्ता हलिउडस्टारहरूले अभिनय गर्दैछन्। यही चलचित्रमा धनुषले पनि अभिनय गर्न लागेका हुन्।
धनुषले यसअघि ‘द एक्स्ट्रा अर्डिनरी जर्नी अफ द फकीर’ मा काम गर्ने मौका पाएका थिए। सन् २०१८ मा रिलिज भएको उक्त चलचित्र २० करोड डलरभन्दा बढी बजेटमा बनेको थियो। उक्त चलचित्रमार्फत धनुषले हलिउडमा इन्ट्री मारेका थिए।
एक व्यावसायिक हत्याराको कथामा आधारित भएर यो चलचित्र बन्दै छ। यो चलचित्रमा रायन हत्याराको भूमिकामा हुनेछन्। धनुषको भूमिका के हुने भन्नेबारे भने अहिलेसम्म केही खुलाइएको छैन। यो चलचित्रको छायांकन जनवरीबाट सुरू हुने बताइएको छ।

धनुष यतिबेला बलिउडमा अतरंगी रे चलचित्रमा काम गर्दै छन्। आनन्द एल रायको यो चलचित्रमा धनुषसँग अक्षयकुमार तथा सारा अली खान मूख्य भूमिकामा हुने छन्।
उक्त चलचित्रको छायांकन पहिला नै सुरू भइसकेको थियो। तर, कोरोना महामारीका कारण केही समय रोकिँदा पूरा हुन सकेको छैन। उक्त चलचित्र अर्को वर्ष रिलिज गर्ने तयारीमा छ।
" /> काठमाडौं। साउथ चलचित्रका सुपरस्टार धनुषलाई फेरि अर्को हलिउड चलचित्रमा काम गर्ने मौका मिलेको छ।हलिउड चलचित्र ‘द ग्रे म्यान’ मा उनले अभिनय गर्न लागेका हुन्। ‘अवेंजर्सः एण्डगेम’ चलचित्रका निर्देशक रूसो ब्रदर्सले नै यो चलचित्रलाई निर्देशन गर्नेछन्। यो चलचित्रमा क्रिस इवान्स, रायन गाँसलिंग तथा अना दे अर्मस जस्ता हलिउडस्टारहरूले अभिनय गर्दैछन्। यही चलचित्रमा धनुषले पनि अभिनय गर्न लागेका हुन्।

">