एजेन्सी। यशराज प्रोडक्सनको टाइगर फ्रेन्चाइजको तेस्रो श्रृखला ‘टाइगर-३’ मा पनि दर्शकले बलिउडको ब्लकबस्टर जोडी सलमान खान र कैटरिना कैफलाई नै देख्न पाउने भएका छन्।
छिट्टै ‘टाइगर-३’ सुटिङ छिटै सुरु गरिने जनाइएको छ। स्रोतका अनुसार सलमान र कैटरिनाले सन् २०२१ मार्चबाट ‘टाइगर-३’ को सुटिङ गर्ने तयारी गरेका छन्। फिल्मका निर्माता आदित्य चोपडा ‘टाइगर-३’लाई अलग तरिकाले निर्माण गर्ने योजना बनाइरहेका छन्।
पछिल्ला दिन कैटरिना ‘फोन भूत’को सुटिङमा व्यस्त छिन् भने सलमान ‘अन्तिम : द फाइनल ट्रुथ’को सुटिङमा। सलमान र कैटरिना अहिले सुटिङ चलिरहेको फिल्मको काम सकेपछि ‘टाइगर-३’ को सेटमा उपस्थित हुनेछन्।
‘टाइगर-३’ को केही सुटिङ मुम्बइमा गरिनेछ भने केही मध्यपूर्वमा।
सन् २०१७ मा ‘टाइगर जिन्दा है’ ले बलिउड बक्सअफिसमा सफलताको इतिहास रचेको थियो।
स्रोतका अनुसार ‘टाइगर-३’ निर्माणको लागि निर्माताले २ अर्ब देखि २ अर्ब १५ करोड भारतीय रूपैयाँको बजेट राखिएको छ। फिल्मको अतिरित्त खर्च (प्रिन्ट तथा पब्लिसिटी)का लागि २० देखि २५ करोड भारतीय रूपैयाँ छुट्याइएको छ। फिल्म खेलेबापत लगभग एक अर्ब भारतीय रूपैयाँ सलमानले लिने अनुमान गरिएको छ।
‘टाइगर-३’को सबै खर्च जोड्ने हो भने लगभग ३ अर्ब ५० करोड भारतीय रूपैयाँ पुग्ने जनाइएको छ। ‘टाइगर-३’ले चार अर्बभन्दा बढीको व्यापार गर्ने आँकलनका साथ लगानी गरिँदै छ। यसअघिको ‘टाइगर जिन्दा है’ले भारतमा ३ अर्ब ३९ करोड भारतीय रूपैयाँको कमाइ गरेको थियो।
" /> एजेन्सी। यशराज प्रोडक्सनको टाइगर फ्रेन्चाइजको तेस्रो श्रृखला ‘टाइगर-३’ मा पनि दर्शकले बलिउडको ब्लकबस्टर जोडी सलमान खान र कैटरिना कैफलाई नै देख्न पाउने भएका छन्।छिट्टै ‘टाइगर-३’ सुटिङ छिटै सुरु गरिने जनाइएको छ। स्रोतका अनुसार सलमान र कैटरिनाले सन् २०२१ मार्चबाट ‘टाइगर-३’ को सुटिङ गर्ने तयारी गरेका छन्। फिल्मका निर्माता आदित्य चोपडा ‘टाइगर-३’लाई अलग तरिकाले निर्माण गर्ने योजना बनाइरहेका छन्।

">