काठमाडौं। साउथ सुपरस्टार यशका फ्यानहरू चलचित्र ‘केजीएफ च्याप्टर-२’ प्रतिक्षामा छन्। बहुप्रतिक्षित यो चलचित्रको छायांकन सकिएको छ।
सन् २०१८ मा केजीएफ बनेको थियो। जुन ब्लकबास्टर भएको थियो। ‘केजीएफ च्याप्टर-२’ त्यसको सिक्वले भएकाले पनि यो फिल्म दर्शकका लागि बहुप्रतिक्षित बनेको छ।
चलचित्र निर्देशक प्रशान्त नीलले एक्सन सीन रहेको चलचित्रको छायांकन पूरा भएको जानकारी दिए। यो चलचित्रमा संजय दत्त ‘अधिरा’ को भूमिकामा हुनेछन् छन्। सञ्जय चलचित्रमा भिलेनमा रूपमा देखिनेछन्।

गत अगस्टमा उनी क्यान्सरबाट ग्रसित भएपछि चलचित्रको छायांकन प्रभावित हुने आशंका गरिएको थियो। तर, क्यान्सरलाई जितेर उनी छायांकनमा फर्किएका हुन्। जसले गर्दा निर्देशक नील सञ्जयबाट प्रभावित भएका हुन्। सञ्जयले पहिलो पटक कन्नड चलचित्रमा काम गरेका हुन्।
यसअघि नै चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो। एक्सनदेखि, प्रेम तथा सेन्टिमेन्टलसम्मले भरिएको यो चलचित्रको पोस्टर बनाउन नै एक वर्ष समय लागेको निर्देशक नीलले बताएका थिए।
यो चलचित्रको टिजर ८ जनवरी २०२१ मा सार्वजनिक हुनेछ।
" /> काठमाडौं। साउथ सुपरस्टार यशका फ्यानहरू चलचित्र ‘केजीएफ च्याप्टर-२’ प्रतिक्षामा छन्। बहुप्रतिक्षित यो चलचित्रको छायांकन सकिएको छ।सन् २०१८ मा केजीएफ बनेको थियो। जुन ब्लकबास्टर भएको थियो। ‘केजीएफ च्याप्टर-२’ त्यसको सिक्वले भएकाले पनि यो फिल्म दर्शकका लागि बहुप्रतिक्षित बनेको छ।

">