काठमाडौं। ९ महिनादेखि बन्द चलचित्र हल पुस १० गतेदेखि खुल्दैछन्। सरकारले अनुमति नदिएपछि चलचित्रकर्मीहरूले स्वघोषणा गरेका हुन्।
कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि लकडाउन भयो। सोही बेलादेखि चलचित्र क्षेत्रका सम्पूर्ण गतिविधि पनि स्थगित गरिएको थियो।
बन्द रहेको लामो समय बितिसक्दा पनि सरकारले खोल्ने अनुमति दिएपछि चलचित्रकर्मीहरू बाध्य भएर हल खोल्ने निर्णयमा पुगेका थिए।
व्यवसायीको स्वघोषणाले चलचित्रकर्मीमा केही आश पलाएको छ। पुस १० गते हल खुलेसँगै कुन चलचित्र प्रदर्शनमा आउला भन्ने आमचासोको विषय बनेको छ।
सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने हल व्यवसायीहरुले चेतावनी दिएका छन्। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सिनेमा हल खोल्ने उनीहरूको तयारी छ।
नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले तत्कालको अवस्थामा नयाँ चलचित्र प्रदर्शनमा नआउने जानकारी दिए। “अहिलेलाई हामी पुरानै चलचित्र प्रदर्शन गर्छाैं। महामारीअघि चल्दाचल्दै रोकिएका चलचित्र अब प्रदर्शनमा आउने छन्,” अध्यक्ष प्रधानले भने।
हल बन्द हुनुअघि नै प्रदर्शनमा आएका नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य देशका चलचित्र हल खुलेको केही सातासम्म चल्ने उनको भनाइ छ। तत्कालको अवस्थामा नयाँ चलचित्र रिलिज गर्न सम्भव नभएको भन्दै उनले त्यसका लागि निर्माता तथा वितरकहरूसँग छलफल भइरहेको बताए।
“२/३ हप्तामा नयाँ चलचित्र पनि चलाउने गरी निर्माता तथा वितरकहरूसँग छलफल अगाडि बढाएका छौं। सबैभन्दा ठूलो कुरा भनेको हल खुल्नु हो। जुन १० गतेबाट सुरु हुन्छ। त्यति गरेपछि चलचित्र क्षेत्र चलायमान हुनेछ,” उनले भने।
संघका उपाध्यक्ष अशोक शर्मा पनि हल सञ्चालन गर्दा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने बताउँछन्। दर्शकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउन सबै उपाय अपनाइने उनको भनाइ छ। उनी भन्छन्, “सिनेमा हल पूरै डिसइन्फेक्सन गर्ने, स्यानिटाइज गर्ने, मास्क अनिवार्य गर्ने, टिकट काउन्टरमा सामाजिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षा अपनाएर दर्शकलाई फिल्म हेर्ने वातावरण तयार गर्नेछौं। दर्शकलाई सुरक्षित महसुस भएपछि मात्र नयाँ चलचित्र प्रदर्शनमा आउने छ।”
हल खोल्ने स्वघोषणा गरे पनि यस्तो महामारीको समयमा दर्शक हलसम्म जानेनजानेमा अहिले नै केही भन्न सकिने अवस्था छैन्। व्यवसायीको दबाब थेग्न नसकेपछि भारत सरकारले १५ अक्टोबरदेखि हल खोलियो। तर, दर्शक नआउँदा हल भाडा त कता हो कता बिजुलीको बिल तिर्ने पैसा समेत नउठेको व्यवसायीको गुनासो थियो।
यस्तो अवस्थामा थोरै दर्शक रहेको नेपाली चलचित्र क्षेत्रले दर्शकलाई हलसम्म तान्न निकै मेहनत गर्नुपर्ने देखिन्छ।
चलचित्र कलाकार संघको फरक मत
चलचित्र संघले गरेको उक्त घोषणामा चलचित्र कलाकार संघले समर्थन जनाएको छ। तर, स्वघोषणा गर्नु उपयुक्त नहुने जनाएको छ। संघका अध्यक्ष रविन्द्र खड्काले हल खोल्ने निर्णयको समर्थन जनाए पनि आफूहरू त्यसको पक्षमा नरहेको बताए।
त्यसका लागि सरकारले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ। “तत्काल हल खोल्नुपर्छ भन्ने हाम्रो मान्यता हो। उहाँहरूले गरेको निर्णयमा हाम्रो पनि समर्थन छ। तर, सरकारले हल खोल्ने निर्णय नै गरेर सहज बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,” अध्यक्ष खड्काले भने।
बरू दुई-चार दिन ढिलो भए पनि सरकारले नै आधिकारिक निर्णय गरेर अगाडि बढ्दा सबैलाई सहज हुने उनी बताउँछन्। “हामीले सरोकारवाला निकायसँग छलफल गरिरहेका छौं। यस्तो अवस्थामा सबै मिलेर नै समस्याको समाधान गर्नुपर्छ भन्ने हाम्रो माान्यता हो। बरू दुई–चार दिन ढिला होला, तर सरकारले अनुमति दिनुपर्छ,” उनले भने।
कुन-कुन चलचित्र प्रदर्शनमा आउँछन्?
गत चैतमा लकडाउन हुनुअघि दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ र रामबाबु गुरुङको ‘सेन्टी भाइरस’ हलमा रिलिज भएको थियो। ती चलचित्रहरू व्यावसायिक दृष्टिकोणले पनि सफल भए।
त्यसपछि महामारी सुरू भएसँगै कुनै पनि चलचित्र हलमा प्रदर्शनमा आउन सकेनन्। त्यसबीच ४० भन्दा बढी चलचित्र रिलिजको पखाईमा थिए। तर, हल नै बन्द हुँदा रिलिज हुन सकेनन्।
अब पहिला नै रिलिज भएका चलचित्रबाट हल खोल्ने काम हुन्छ। त्यसपछि विस्तारै पिकअप लिन थालेपछि नयाँ चलचित्र रिलिज हुने चलचित्र संघका अध्यक्ष प्रधानले बताए।
" /> काठमाडौं। ९ महिनादेखि बन्द चलचित्र हल पुस १० गतेदेखि खुल्दैछन्। सरकारले अनुमति नदिएपछि चलचित्रकर्मीहरूले स्वघोषणा गरेका हुन्।कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि लकडाउन भयो। सोही बेलादेखि चलचित्र क्षेत्रका सम्पूर्ण गतिविधि पनि स्थगित गरिएको थियो।

">