लगनगाँठो कस्दै अभिनेत्री ऋचा

काठमाडौं । नायिका ऋचा शर्माले २१ मंसिरमा बिहे गर्ने भएकी छन्।

ललितपुरको लबिम मलका म्यानेजर दिपेक्क्षविक्रम राणासँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी ऋचाले बिहेको मिति सार्वजनिक गर्दै नोट शेयर गरेकी छन्।

आज बिहेको मिति सार्वजनिक गर्दै ऋचाले शुभेच्छुकलाई धन्यवाद र आफूहरूलाई बधाई दिएकी छन्।

शुरुमा प्रेमबारे नखुलेकि उनले यसै वर्ष बिहे गर्ने बताउँदै आएकी थिइन्।

केही समयअघि मात्रै ऋचाले पोखरामा आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन्।

उनको पार्टीमा केकी अधिकारी, प्रियंका कार्की लगायत सहभागी थिए।

ऋचा अहिले फिल्मभन्दा टाढा छिन् । उनी यतिबेला प्रसारण भइरहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा छिन्।

नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल तथा सफल उद्घोषकको रुपमा आफूलाई चिनाएकी ऋचा फस्ट लभबाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्