बलिउड अभिनेत्री कंगनालाई बलात्कार गर्ने र मार्ने धम्की

काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन्। ट्वीटरमा एक भिडिओ सेयर गर्दै पछिलो १०/१२ दिनदेखि आफूलाई ध्यान मार्ने र बलात्कार गर्ने धम्की आएरहेको बताएकी हुन्।

जसका कारण आफू मानसिक तनाव झेलिरहेको बताइन्। किसान आन्दोलनको कुरा उठान गर्ने क्रममा आफुमाथि यस्तो धम्की आएको उनको भनाइ छ।

उनले भारतमा भइरहेको किसान आन्दोलनमा घुसपैठको आरोप लगाएकी छिन्। तर, आन्दोलनमा सहयोग गर्दै आएका प्रियंका चोपडा र दिलजीत दोसाँझमाथि गम्भीर आरोप लगाएकी छिन्।

कंगनाले भिडिओमा भनेकी छिन्, “उनीहरुले बेला बेला आफ्नो देशभक्ति किन दर्शाउनुपर्छ? जबकी प्रियंका चोपडा तथा दिलजीत जस्ता कलाकारलाई म उनीहको नियतिबारे कहिले केही सोध्न चाहदैंन्।”

उनले किसानले गर्दै आएको आन्दोलन राजनीतिबाट प्रेरित भएको भन्दै आतंकवादी घुसपैठ भएको बताइन्।

“मैले वादा गरेको थिए कि, जब किसान आन्दोलनको फण्डा सार्वजनिक हुन्छ। जसरी शाहीद बागका बाहिरिएको थियो। त्यही दिन म बोल्नेछु। यो देशमा के प्रश्न गर्न मेरो अधिकार होइन्? जबकी प्रधानमन्त्री नरेन्द्र मोदीले सबै कुरा स्पष्ट पारिदिएका छन्। अनि किन आन्दोलन गर्नुपर्‍यो? यो सबै राजनीतिबाट प्रेरित छ। यसमा आतंकवादी पनि सहभागी छन्।” उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्