काठमाडौँ। सलमान खान आगामी २७ डिसेम्बरमा ५५ वर्षका हुँदै छन्। उनी हरेक वर्ष आफ्नो जन्मदिन मनाउँछन् तर यो वर्षको जन्मदिन नमनाउने निर्णयमा पुगेका छन्।
उनले हरेक वर्ष आफ्नो फार्महाउसमा धुमधामसाथ बर्थडे मनाउँदै आएका छन्। त्यस्तै नयाँ वर्ष पनि साथीभाइसँग राम्रैसँग सेलिब्रेसन गर्छन्। तर यो वर्ष भने कोरोना महामारीको कारण देखाउँदै उनले यस्तो सेलिब्रेसन नगर्ने भएका हुन्।
यो जन्मदिन तथा नयाँ वर्षको अवसरमा उनी चलचित्र ‘अन्तिम : द फाइनल ट्रुथ’को छायांकनमा व्यस्त हुनेछन्।
उनका नजिकका साथीहरूलाई भारतीय मिडियालाई दिएको जानकारीअनुसार सलमान खान जमघट गरेर बर्थडे सेलिब्रेसन गर्ने मनसायमा छैनन्। त्यस्तै नयाँ वर्षमा पनि उनको फार्महाउसमा जमघट हुनेछैन। त्यो समयमा उनी चलचित्रको छायांकनमा व्यस्त हुनेछन्।
सलमानले अन्तिम पटक दबंग-३ मा देखिएका थिए, जुन चलचित्र २० डिसेम्बर २०१९ मा रिलिज भएको थियो। सन् २०२० मो इदमा उनी अभिनीत चलचित्र ‘राधे : योर मोस्ट वाण्टेड भाइ’ रिलिज हुने थियो तर कोरोना महामारीका कारण रिलिज हुन पाएन।
अब यो चलचित्र सन् २०२१ मा रिलिज हुनेछ।
" /> काठमाडौँ। सलमान खान आगामी २७ डिसेम्बरमा ५५ वर्षका हुँदै छन्। उनी हरेक वर्ष आफ्नो जन्मदिन मनाउँछन् तर यो वर्षको जन्मदिन नमनाउने निर्णयमा पुगेका छन्।उनले हरेक वर्ष आफ्नो फार्महाउसमा धुमधामसाथ बर्थडे मनाउँदै आएका छन्। त्यस्तै नयाँ वर्ष पनि साथीभाइसँग राम्रैसँग सेलिब्रेसन गर्छन्। तर यो वर्ष भने कोरोना महामारीको कारण देखाउँदै उनले यस्तो सेलिब्रेसन नगर्ने भएका हुन्।

">