काठमाडौं। भारतीय गायिका नेहा कक्कडले २४ अक्टोबरमा विवाह गरिन्। विवाह गरेको दुई महिनामै उनी गर्भवती भएको खबर सार्वजनिक भएको छ।
नेहाले आफ्नो इन्स्टाग्राममा बेबी बम्प देखाउँदै गर्भवती भएको जानकारी दिएकी छिन्।
नेहाको उक्त पोष्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन्। उनका श्रीमान् रोहन प्रितले कमेन्ट गर्दै अब बढी ख्याल गर्ने बताएका छन्। उनले कमेन्टमा लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु।’
नेहा रोहनभन्दा सात वर्ष जेठी छिन्। तर, व्यवहारले आफूभन्दा परिपक्व रहेको बताउँदैं आएकी छिन्। उनीहरू पहिलो नजरमा एकअर्काको प्रेममा परेका थिए।
नेहाले रोहनको आकर्षक व्यक्तित्व र सभ्य व्यवहारका कारण आफू आकर्षित भएको बताएकी छिन्।
विवाहपछि हनिमुनका लागि दुबई गएका उनीहरूले निकै मस्ती गरेका तस्बिर सार्वजनिक गरेका थिए।
नेहाले रोहनसँग विवाह गर्नुअघि हिमान्सु कोहलीसँग ब्रेकअप गरेकी थिइन्। उनीसँगको ब्रेकअपपछि नेहा निकै तनावमा गएकी थिइन्। नेहाको विवाह हुने जानकारी पाइसँगै हिमान्सुले बधाई तथा शुभकामना दिएका थिए।
" /> काठमाडौं। भारतीय गायिका नेहा कक्कडले २४ अक्टोबरमा विवाह गरिन्। विवाह गरेको दुई महिनामै उनी गर्भवती भएको खबर सार्वजनिक भएको छ।नेहाले आफ्नो इन्स्टाग्राममा बेबी बम्प देखाउँदै गर्भवती भएको जानकारी दिएकी छिन्।

">