जेसीले फ्यानहरूलाई धन्यवाद दिँदै भनिन्- म सबैभन्दा भाग्यमानी

काठमाडाैं। यसै साता बेलायती महिला सांगीतिक समूह ‘लिटिल मिक्स’ बाट अलग भएको घोषणा गरेकी जेसी निल्सनले आफ्ना फ्यानहरूलाई धन्यावाद दिएकी छन्।

“तपाईंहरूले जुन माया मलाई दिनुभयो र केही दिन यता जुन साथ दिइरहनु भएको छ त्यसको लागि तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु,” २९ वर्षे गायिका जेसीले इन्स्टाग्राममा लेखेकी छन्।

जेसीले यसै साताको सुरूमा आफू मानसिक स्वास्थ्यमा केन्द्रित हुने जनाउँदै गायन समूहबाट अलग हुने घोषणा गरेकी थिइन्।

‘लिटिल मिक्स’ सन् २०११ मा स्थापना गरिएको बेलायती महिला गायन समूह हो। जेसी समूहमा स्थापना कालदेखि नै रहेकी थिइन्।

समूह छोडेपछि प्राप्त गरेका केही सन्देशहरूले आपूलाई भावूक बनाएको समेत उनले जनाएकी छन्।

“तपाईंहरूको भावनालाई म समर्थन गर्छु,” उनले भनेकी छन्, “सबैलाई मेरो माया छ।”

‘लिटिल मिक्स’ का अन्य तीन सदस्यले जेसी निर्णयलाई दुःखद बताएका छन्। तर, उनीहरू एकअर्काको साथमा सधैँ रहिरहने समेत जनाएका छन्। सीएनएन

प्रतिक्रिया दिनुहोस्