काठमाडौँ। भारतीय टिभी सिरिलयकी अभिनेत्री पूजा गौर १० वर्षदेखि राजसिंह अरोडाको प्रेममा थिइन्। मनकी आवाज : कितनी मोहब्बत हैं, एक नई उम्मीद : रोशनीलगायतका सिरियलमा काम गरिसकेकी पूजाले अन्ततः १० वर्षे सम्बन्ध तोडेकी छिन्।
उक्त ब्रेकअपबारे पूजाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर ब्रेकअपपछि दुवैजना असल साथी मात्र रहने बताएकी छिन्।
ब्रेकअप हुँदा साह्रै पीडा भएको भन्दै उनले यसबारे निर्णय लिन धेरै समय लागेको बताइन्। सन् २०२० आफ्ना लागि धेरै परिवर्तनको वर्ष भएको भन्दै उनले यो निर्णय लिनुभन्दा पहिला धेरै सोचेको बताइन्।
“राज र मैले अलग हुने निर्णय लिएका छौँ। जिन्दगीमा हामीहरूको बाटो अलग होला तर हामीबीच एकअर्काप्रतिको माया तथा सम्मान जीवनभर हुनेछ,” उनले लेखेकी छिन्, “म हरेक समय उनको भलाइका बारेमा सोच्नेछु किनकि मेरो जीवनले उनले महत्त्वपूर्ण प्रभाव पारेका छन्।”
उनीहरू दुवैजनाबीच सन् २००९ मा पहिलो पटक भेट भएको थियो। सुपरनेचुरल ड्रामा ‘कोई आने को है’को छायांकनका क्रममा दुवैजना नजिकिएका थिए। शुरुवातमा साथीबाट दुवै जना प्रेमी–प्रेमीका बनेका थिए।
शुरुमा पूजाको घरपरिवार उनीहरूको सम्बन्धप्रति रुष्ट थिए। पछि उनीहरूले छोरीको सम्बन्ध स्वीकार गरिसकेका थिए। तर अचानक यस्तो निर्णय आउँदा घर परिवारका सदस्य पनि चिन्तित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
" /> काठमाडौँ। भारतीय टिभी सिरिलयकी अभिनेत्री पूजा गौर १० वर्षदेखि राजसिंह अरोडाको प्रेममा थिइन्। मनकी आवाज : कितनी मोहब्बत हैं, एक नई उम्मीद : रोशनीलगायतका सिरियलमा काम गरिसकेकी पूजाले अन्ततः १० वर्षे सम्बन्ध तोडेकी छिन्।उक्त ब्रेकअपबारे पूजाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर ब्रेकअपपछि दुवैजना असल साथी मात्र रहने बताएकी छिन्।

">