काठमाडौं। गायक तथा संगीतकार सरोज हुसेनको ‘मनले खोज्छ’ बोलको गीत सार्वजनिक भएको छ।
निराजन चौधरीको शब्द तथा अन्जन श्रेष्ठको संगीत रहेको उक्त गीतमा सरोज आफैले आवाज दिएका छन्।
उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकी र राधा मोहन जैसवालको अभिनय छ। ३ वटा गीतको अभिनयमार्फत चर्चामा आएकी अस्मिता र यसअघि एउटै गीतमा अभिनय गरी चर्चामा आएका राधा मोहनको अभियनले गीतको भावलाई थप आकर्षक बनाएको छ।
अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको गीतमा श्रेष्ठकै मिक्सिङ छ। सियोन श्रेष्ठको निर्देशन रहेको भिडिओमा प्रकाश खड्काको छायांकन रहेको छ।
एस आर ग्रुप नेपालले प्रोडक्सन गरेको उक्त भिडिओलाई बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ। गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गरेका छन्।
यसअघि भोजपुरी तथा मैथली भाषाका ५ वटा गीत सार्वजनिक गरिसकेका हुसेनले पहिलो पटक नेपाली भाषाको गीत बनाएका हुन्। चलचित्र भावमा तयार भएको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजिएको गायक हुसेन बताउँछन्।
आगामी दिनमा थप नयाँ नयाँ सिर्जना ल्याउने उनको चाहना छ।
" /> काठमाडौं। गायक तथा संगीतकार सरोज हुसेनको ‘मनले खोज्छ’ बोलको गीत सार्वजनिक भएको छ।निराजन चौधरीको शब्द तथा अन्जन श्रेष्ठको संगीत रहेको उक्त गीतमा सरोज आफैले आवाज दिएका छन्।

">