काठमाडौं। चलचित्र ‘दाल भात तरकारी’ डिसेम्बर दोस्रो साता भिडिओ सेयरिङ प्लेटफर्म युट्युबमा सार्वजनिक भयो। वरिष्ठ हास्य कलाकार हरीवंश आचार्यको लेखन तथा सुदन केसीको निर्देशनमा बनेको उक्त चलचित्र १० डिसेम्बरमा 'मह सञ्चार' युट्युब च्यानलबाट सार्वजनिक भएको थियो।
अहिले युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको उक्त चलचित्रले २२ लाख भन्दा बढी भ्यूज पाएको छ। त्यस्तै ४६ हजार लाइक पाउँदा तीन हजार ६०० डिसलाइक आएको छ।
चलचित्रबारे दर्शकले कस्तो खालको प्रतिक्रिया दिए भन्नेबारे कुनै जानकारी पाइएको छ। किनभने, भिडिओ अपलोड गर्दा दर्शकले प्रतिक्रिया नै दिन नमिल्नेगरी कमेन्ट सेक्सन नै बन्द गरिएको छ।

हलमा दर्शकको राम्रो प्रतिक्रिया नपाए पनि बक्स अफिसमा भने राम्रो व्यापार गरेको थियो। हलमा खराब प्रतिक्रिया पाएको यो चलचित्रले युट्युबबाट पनि नराम्रो प्रतिक्रिया आउनसक्ने भन्दै कमेन्ट सेक्सन नै बन्द गरेको हुनसक्छ। तर, कमेन्ट सेक्सन नै बन्द गर्नुको कारणबारे चलचित्र निर्माण पक्षले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
हलमा चलचित्रले राम्रो प्रतिक्रिया नपाएपछि हरिवंशले नाटकको शैलीमा फिल्म बनेकाले दर्शकले नरूचाएको हुनसक्ने बताएका थिए।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आचँल शर्मा, वर्षा राउत, किरन केसी, राजाराम पौडेल, बसुन्धारा भुसाल, जयानन्द लामा, शिवहरी पौडेल, प्रियंका कार्की, मनोज गजुरेल लगायतका कलाकारको अभिनय छ।
" /> काठमाडौं। चलचित्र ‘दाल भात तरकारी’ डिसेम्बर दोस्रो साता भिडिओ सेयरिङ प्लेटफर्म युट्युबमा सार्वजनिक भयो। वरिष्ठ हास्य कलाकार हरीवंश आचार्यको लेखन तथा सुदन केसीको निर्देशनमा बनेको उक्त चलचित्र १० डिसेम्बरमा 'मह सञ्चार' युट्युब च्यानलबाट सार्वजनिक भएको थियो।अहिले युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको उक्त चलचित्रले २२ लाख भन्दा बढी भ्यूज पाएको छ। त्यस्तै ४६ हजार लाइक पाउँदा तीन हजार ६०० डिसलाइक आएको छ।

">