काठमाडौं। भारतको तमिलनाडु प्रहरीले नायिका भी. जे. चित्राको कथित आत्महत्याको सम्बन्धमा उनको पति हेमन्तलाई गिरफ्तार गरेको छ। चित्रालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पतिलाई गिरफ्तार गरिएको हो।
चित्रा यही डिसेम्बर ९ का दिन चेन्नईको एक होटलमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी २८ वर्षको उमेरमा मृत भेटिएकी थिइन्।
चित्रा र हेमन्तको ‘इनगेजमेन्ट’ गत अगष्टमा भएको थियो। अक्टुबरमा उनीहरुले आफ्नो विवाह दर्ता गरेका थिए। उनीहरुको औपचारिक विवाह समारोह भने सन् २०२१ फेव्रुअरीको लागि तय गरिएको थियो।
प्रहरीले पछिल्लो ६ दिनदेखि हेमन्तसँग सोधपुछ गरिरहेको छ। स्रोतका अनुसार हेमन्त र चित्राबीच केही मतभेद चलिरहेको थियो।
चित्रा मंगलबारसम्म सुटिङ गरिरहेकी थिइन्। स्रोतका अनुसार रातको साढे २ बजेसम्म सुटिङ चलेको थियो। त्यसपछिको एक घण्टा भित्र उनले डोरीमा भुण्डिएर आत्महत्या गरेकी थिइन्।
होटलमासँगै बसेका हेमन्तले सुटिङबाट फर्कने बित्तिकै चित्रा नुहाउन गएकी थिइन्। धेरैबेरसम्म ननिस्केपछि आपूले ढोका ढक्ढकाएको हेमन्तले जनाएका छन्। ढोका नखोलेपछि होटलको स्टाफलाई बोलाई नक्कली चाबीले ढोका खोलिएको थियो।
ढोका खोल्दा भित्र चित्रा मृत अवस्थामा थिइन्। प्रहरीले अहिले यो घटनालाई उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। भारतको तमिलनाडु प्रहरीले नायिका भी. जे. चित्राको कथित आत्महत्याको सम्बन्धमा उनको पति हेमन्तलाई गिरफ्तार गरेको छ। चित्रालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पतिलाई गिरफ्तार गरिएको हो।चित्रा यही डिसेम्बर ९ का दिन चेन्नईको एक होटलमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी २८ वर्षको उमेरमा मृत भेटिएकी थिइन्।

">