बलिउडको सबैभन्दा बदनाम झगडा अब क्राइम ब्रान्चले हेर्ने

काठमाडौं। बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौतबीचको चार वर्ष पुरानो मुद्दा अब मुम्बई क्राइम ब्रान्चले हेर्ने भएको छ।

साइबर सेलबाट अब उक्त मुद्दा क्राइम ब्रान्चमा पुगेको हो। अब क्राइम ब्रान्चको इन्टेलिजेन्स युनिटले मुद्दाको थप अनुसन्धान गर्नेछ।

२०१६ मा ऋतिकले कंगनाविरुद्ध उजुरी दिएका थिए। त्यो समय कंगनाको जिमेल अकाउण्टबाट १०० भन्दा बढी मेल ऋतिकलाई पठाइएको थियो।

सन् २०१३ देखि २०१४ सम्ममा ऋतिकलाई १०० भन्दा बढी मेल पठाइएको थियो। त्यसपछि ऋतिकले मेल पठाइएको विषयमा मुद्दा दायर गर्दै अनुसन्धानको माग गरेका थिए।

अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै सिनियर वकिल महेश जेठमलानीले मुम्बई कमिश्नरलाई एक पत्र लेखेका थिए। जसमा उनले उक्त मुद्दामा थप अनुसन्धान गर्न माग गरेका थिए।

ती मेलबाट आफूमाथि दुर्व्यवहार भएको ऋतिकको आरोप थियो। छानबिनका लागि ऋतिकले आफ्नो ल्यापटप, मोबाइफोनलगायतका इलेक्ट्रिक उपकरण प्रहरीलाई दिएका थिए। जुन अहिलेसम्म फिर्ता नभएको उनले बताएका छन्।

बलिउमा सबैभन्दा बदनाम झगडा

२०१६ देखि चलिरहेको कंगना र ऋतिकको झगडालाई बलिउडको सबैभन्दा बदनाम झगडा मानिन्छ। उनीहरूले एक अर्कालाई नोटिस पठाएका थिए।

ऋतिकले कंगनालाई नोटिस पठाएका थिए। कंगनाले एक अन्तर्वार्तामा ऋतिकलाई सिल्ली एक्स भनेपछि उनले नोटिस पठाएका हुन्।

कंगनाले ऋतिकलाई थुप्रै नोटिस पठाएका थिइन्। जसमा उनले तथानाम गाली गर्नुका साथै विभिन्न आरोप समेत लगाएकी थिइन्।

त्यो समयमा ऋतिक रिलेशनसिपमा थिए। कंगना र ऋतिकले एकसाथ मिलेर दुई चलचित्रमा काम गरेका थिए।

२०१० मा काइट्स र २०१३ मा क्रिस ३ मा दुवैजनाले काम गरेका थिए। त्यही बेला दुवैजनाबीच अफेयर चलेको खबर बाहिरिएको थियो।

दुवैजनाबीचको विवादपछि जावेद अख्तरले कंगनालाई आफ्नो घर बोलाएका थिए। दुवैजनाबीचको विवाद साम्य पार्नका लागि भन्दै उनले आफ्नो घर बोलाएर ऋतिकसँग माफी माग्न भनेका थिए।

ऋतिकसँग माफी नमागेको खण्डमा कंगनाले आत्महत्या गर्नुपर्ने चेतावनीसमेत दिएका थिए। जुन कुरा कंगनाले एक अन्तर्वार्ताको क्रममा भनेकी थिइन्।

कंगनाले जावेद तथा महेश भट्ट लगायतका चलचित्रकर्मीलाई सुसाइड ग्याङ बनाउँदै आएकी छन्। उनीहरूकै कारण धेरैले आत्महत्या गरेको भन्दै उनले यस्तो आरोप लगाएकी हुन्।

प्रतिक्रिया दिनुहोस्