एजेन्सी। किम कार्दशियन र कान्य वेस्टबीचको सम्बन्ध बिग्रेको धेरै भइसक्यो, तर उनीहरू ‘डिभोर्स’ (सम्बन्ध विच्छेद)को मुडमा भने छैनन्। सम्बन्ध सुधार्नको लागि उनीहरू संघर्षरत छन्।
उनीहरूको वैवाहिक सम्बन्ध सुखद नरहे पनि अहिल्यै सम्बन्ध विच्छेदको लागि अदालत नजाने कुरामा दुवै सेलिब्रटी सहमत छन्।
दुवैले अझै केही समय जोडीकै रूपमा बस्ने योजना बनाएका छन्। औपचारिक रूपमा वैवाहिक सम्बन्धलाई अन्त गर्ने वा नगर्ने विषयमा छलफल गरेरै एकसाथ निर्णय गर्ने उनीहरूले जनाएका छन्।
किमले कान्यको व्यवहारका कारण आफू निराश बनेको बताउँदै आएकी छन्। सम्बन्ध राम्रो नहुँदा नहुँदै जोडीमा रूपमा रहँदा भने मिडियामा उनीहरू छाइरहेका छन्।
४० वर्षे किम र ४३ वर्षे कान्य अलगअलग बस्दै आएका छन्। किम आफ्ना बच्चाहरूसँगै लस एन्जलसमा बस्छिन् भने कान्य योमिङमा।
" /> एजेन्सी। किम कार्दशियन र कान्य वेस्टबीचको सम्बन्ध बिग्रेको धेरै भइसक्यो, तर उनीहरू ‘डिभोर्स’ (सम्बन्ध विच्छेद)को मुडमा भने छैनन्। सम्बन्ध सुधार्नको लागि उनीहरू संघर्षरत छन्।उनीहरूको वैवाहिक सम्बन्ध सुखद नरहे पनि अहिल्यै सम्बन्ध विच्छेदको लागि अदालत नजाने कुरामा दुवै सेलिब्रटी सहमत छन्।

">