बडिगार्डको जन्मदिनमा किन केक नखाएरै फर्किए सलमान ?

काठमाडौं। सलमान खान मानिसहरूलाई सहयोग गर्न पछि पर्दैनन्। कोमल हृदय भएका उनी सधैँ सहयोगी हात अगाडि बढाउँछन्।

बलिउडमा सुपरस्टार उनलाई सबैको चिन्ता हुन्छ। हालै उनले आफ्नो बडिगार्डको जन्मदिन मनाए। उनको बडिगार्डसँग गहिरो सम्बन्ध छ।

बलिउडका सेलिब्रेटीका बडिगार्डको नाम धेरैलाई जानकारीमा रहँदैन। तर, सलमानको बडिगार्ड शेरा भने अधिकांशको मुखमा झुण्डिने नाम हो।

त्यस्तै अन्य बडिगार्ड पनि चर्चामा आइरहन्छन्। हालै उनले एक बडिगार्डको जन्मदिन मनाएका हुन्। जन्मदिनमा आफैं पुगेर सेलिब्रेसन गरेको भिडिओ सोसल मिडियामा सार्वजनिक भएको छ।

भिडिओमा केक काटेर पहिला सलमानलाई खुवाउन अगाडि बढाइन्छ। पहिला त सलमानले केक खानका लागि मुख अगाडि गर्छन्। तर, पछि उनी केक खान मनाही गर्छन्।

सलमान आफ्नो फिट्नेसलाई लिएर निकै सजग रहन्छन्। उनी राति केही पनि खाँदैनन्। उनले बिग बोसको सिजन १३ मा उक्त कुराको खुलासा गरेका थिए। बिग बोसमा एकपटक केक काटिएको थियो। तर, त्यो बेला पनि उनले केक खान अस्वीकार गरेका थिए।

सलमान अभिनित चलचित्र ‘राधे’ कोरोना महामारीका कारण यो वर्ष रिलिज हुन पाएन। चलचित्रको छायांकन सकाएर यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

यतिबेला उनी आगामी चलचित्र ‘अन्तिम-द फाइनल ट्रुथ’ को छायांकनमा व्यस्त छन्। उक्त चलचित्रमा उनी एक सीख प्रहरीको भूमिकामा देखिँदैछन्।

प्रतिक्रिया दिनुहोस्