काठमाडौं। दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तको आज जन्म दिन।
१९५० डिसेम्बर १२ मा बैंगलुरमा जन्मिएका उनी ‘अपूर्वा रागनगाल’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। करिअरको सुरूआतमा उनले अधिकांश चलचित्रमा भिलेनको भूमिका निभाएका थिए।
उनले चलचित्र भुवन ओरू केल्विकुरीमा हिरोको भूमिका निभाएका थिए। उनको चलचित्र बिल्लाबक्स अफिसमा हिट भएको थियो। त्यही चलचित्रबाट उनी दर्शकको मन मुटुमा बस्न सफल भए।
सन् १९८३ मा बलिउडमा प्रवेश गरे। उनले अन्धा कानुन चलचित्रबाट हिन्दी चलचित्रमा काम गर्न थाले। त्यसपछि भने उनी बलिउड र दक्षिण भारतीय दुवै चलचित्र क्षेत्रमा सुपरहिट बने।
दक्षिण भारतीय चलचित्र क्षेत्रमा उनलाई भगवान मान्दै आफ्नो करिअर बनाउनेहरू पनि थुप्रै छन्। उनलाई दक्षिण भारतमा भगवान नै मान्छन्। यसरी लाखौं मानिसहरूले भगवान मान्ने रजनीकान्त कुनै बेला कुल्लीको काम गर्थे।
बुबा रामोजी रावका चार सन्तानमध्ये उनी सबैभन्दा छोटा कान्छा थिए। उनी पाँच वर्षको हुँदा उनकी आमा जीजाबाईको निधन भएको थियो।
घरमा दिन प्रतिदिन आर्थिक समस्या भएपछि उनी कुल्ली काम गर्न हिँडे। ठूलो भएपछि उनी बसको सहचालकको काम गर्न थाले।
उनको अभिनेता बन्ने चाहना थियो। तर, कसरी? उनका साथी राजु बहादुरले उनलाई अभिनेता बन्ने बाटो देखाइदिए।
राजुले नै उनलाई मद्रास फिल्म इन्स्टिच्युट मा गएर अभिनय गर्न सुझाव दिए। सोही आधारमा उनी त्यहाँ गएर अभिनय सिक्न थाले। अभिनय सिकेपछि उनले बल्ल चलचित्र क्षेत्रमा काम गर्ने मौका पाएका हुन्।
कुनै समय कुल्ली काम गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी अब राजनीतिक दल खोल्ने तयारीमा छन्। उनले आफ्नो ट्वीटर अकाउन्टमा यस्तो घोषणा गरेका हुन्। उनले नयाँ वर्ष (जनवरी) १ मा पार्टी बनाउने र त्यसको घोषणा डिसेम्बर ३१ तारिखमा गर्ने जनाएका थिए।
रजनीकान्तले २०१७ मै राजनीतिक पार्टी बनाउने बताएका थिए।
" /> काठमाडौं। दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तको आज जन्म दिन।१९५० डिसेम्बर १२ मा बैंगलुरमा जन्मिएका उनी ‘अपूर्वा रागनगाल’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। करिअरको सुरूआतमा उनले अधिकांश चलचित्रमा भिलेनको भूमिका निभाएका थिए।

">