काठमाडौँ। गायिका अन्जु पन्तद्वारा पहिलोपटक सङ्गीतबद्ध गरेको ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। पन्तकै स्वरमा रहेको उक्त गीतको म्युजिक भिडिओमा उनकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गरेकी छिन्।
परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन। १० वर्षअघि गीतकार सुरेश वाग्लेद्वारा रचित यस गीतमा प्रेमिल शब्द पाइन्छ। आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट भएको गायिका पन्तको भनाइ छ।
“यो गजल भए पनि आधुनिक किसिमले पहिलो प्रयासस्वरूप मैले सङ्गीत भर्ने प्रयास गरेकी छु,” गायिका पन्त भन्छिन्, “यससँगै छोरी परितोषिकाले पनि यसलाई धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेकी छिन्, त्यसैले पनि यो केही विशेष छ।”
लोकप्रिय गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको कुरा बताए।
.jpg)
गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। फिल्म तथा थुप्रै म्युजिक भिडिओमार्फत् आफ्नो कामको अब्बलता प्रस्तुत गर्दै आएका खड्काले पहिलेजस्तै गायिका पन्त र छोरी परितोषिका पन्तसँगको कामलाई पनि दर्शक तथा श्रोताले मन पराउनेमा विश्वास व्यक्त गरे।
यता, नयाँ प्रतिभाको रूपमा अभिनय यात्रा प्रारम्भ गरेकी परितोषिका पन्तले आफूलाई ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको, तर यो गीत निकै मन परेको कारणले यसमा काम गरेको बताइन्। उनले आफ्नो नयाँ काम अनि नयाँ भिडियो हेरेर लागेको सल्लाहसुझाव र प्रतिक्रिया दिन आग्रह गरेकी छिन्।
आमा अन्जु पन्त, रचनाकार सुरेश वाग्ले, निर्देशक निकेश खड्का, को-एक्टर कुन्साङ बोम्जनलगायत सम्पूर्ण टिमको सामूहिको हौसलाकै कारण उत्कृष्ट भिडिओ बजारमा ल्याउन सफल भएको भन्दै सहयोगी सम्पूर्णप्रति उनले आभार प्रकट गरिन्।
यस्तै मोडेल कुन्साङले पनि गायिका पन्तसहितको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताए।
गीतको भिडिओ गायिका अन्जु पन्तको अफिसियल युट्युब च्यानल ‘अन्जु पन्त अफिसियल’मार्फत् हेर्न सकिन्छ।
" /> काठमाडौँ। गायिका अन्जु पन्तद्वारा पहिलोपटक सङ्गीतबद्ध गरेको ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। पन्तकै स्वरमा रहेको उक्त गीतको म्युजिक भिडिओमा उनकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गरेकी छिन्।परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन। १० वर्षअघि गीतकार सुरेश वाग्लेद्वारा रचित यस गीतमा प्रेमिल शब्द पाइन्छ। आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट भएको गायिका पन्तको भनाइ छ।

">