दीपिका पादुकोण एकपछि अर्को चलचित्रको सुटिङमा व्यस्त

काठमाडौं। बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला विभिन्न चलचित्रको सुटिङमा व्यस्त छिन्।

कोरोना महामारीका कारण केही समय आराम गरेकी दीपिकालाई यतिबेला सुटिङका कारण भ्याईनभ्याई छ। उनीसँग अहिले एकसाथ पाँच वटा चलचित्र छन्। केहीको सुटिङ सकिएको छ भने केही सुटिङको क्रममा र केही पर्खाईमा छन्।

उनीसँग शकुन बत्राको चलचित्र, नाग आश्विनको चलचित्र, द इन्र्टन, पठान तथा द्रोपदी छन्। यतिबेला उनी शकुन बत्राको चलचित्रको सुटिङमा व्यस्त छिन्। लामो समयको फुर्सदपछि सेटमा आउँन पाउँदा उनी निकै खुशी छिन्।

एक अंग्रेजी दैनिकसँग दीपिकाले भनेकी छिन्, “सेटमा फेरी आउन पाउँदा निकै खुशी लागेको छ। मलाई क्यामेराका अगाडि आफ्नो कला प्रस्तुत गर्न रमाइलो लाग्छ।”

केही समय अगाडि उनले शाहरुख खानसँग ‘पठान’ को सुटिङ गरेकी थिइन्। अहिले आफूसँग थुप्रै चलचित्र रहेको भन्दै उनले भनिन्, “अहिले मसँग थुप्रै चलचित्र छन्। त्यसैले आराम नलिइकन काम गर्छु। सबै चलचित्रको सुटिङ तालिका तय भइसकेको छ। यसमा मैले ‘म सक्दिन’ वा ‘भ्याउदिन’ भन्न मिल्दैंन्।”

उनी अभिनिति चलचित्र ‘८३’ प्रदर्शनका लागि तयार भएको छ। रणवीर सिंह र उनको मूख्य भूमिका रहेको उक्त चलचित्रको सुटिङ सकिएर प्रदर्शनको लागि पर्खाईमा छ।

प्रतिक्रिया दिनुहोस्