ग्याङ्स्टार फिल्म ‘अन्तिम’मा सलमान खानको शिख ‘लुक्स’

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानले फिल्म ‘राधे-योर मस्ट वान्टेड भाई’को सुटिङ हालै सम्पन्न गरेका छन्। लगत्तै उनी अर्को फिल्मको सुटिङमा व्यस्त भएका छन्।

उनी हाल सुटिङमा व्यस्त भएको फिल्म हो- ‘अन्तिम’। आयुष शर्माको ग्याङ्स्टार फिल्म ‘अन्तिम’मा सलमान शिख पुलिस अफिसरको भूमिकामा देखिदैछन्, जसको पहिलो लुक्स सार्वजनिक गरिएको छ।

‘अन्तिम’को निर्देशन महेश मान्जरेकरले गरेका छन्। फिल्मको सुटिङ डिसेम्बर ६ बाट मुम्बई फिल्मसिटीमा सुरु भएको छ।

आयुष शर्माले फिल्ममा सलमानको सिख पुलिस लुक्स सामाजिक सञ्जालमा सेयर गरेका छन्। तस्वीरमा सलमान दाढीमा देखिएका छन्। उनले टाउकोमा पगडी लगाएका छन्। ‘अन्तिम’को लागि सलमानले आफ्नो केही वजन बढाएका छन्।

फिल्ममा आयुष शर्माले एक युवा ग्याङ्स्टारको भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्