काठमाडौँ। चलचित्रको छायांकनको काम नभएपछि नायिका तथा मोडल अदिति बुढाथोकी मुम्बई फर्किएकी छिन्। कोरोना महामारीका कारण नयाँ चलचित्रको छायांकन अझै हुन सकेको छैन्।
महामारीअगाडि छायांकन भएर रोकिएका चलचित्र मात्र छायांकनमा गएका छन्। नयाँ चलचित्रको छायांकन अझै लम्बिने संकेत मिलेपछि अदिति आफ्नो ‘दोस्रो घर’ अर्थात् मुम्बई फर्किएकी हुन्। अदितिले मुम्बइलाई आफ्नो ‘दोस्रो घर’ भन्ने गर्छिन्।
मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी उनी लकडाउन हुनुभन्दा केही समयअगाडि मात्र नेपाल आएकी थिइन्। सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकनका लागि आठ महिनाअगाडि उनी नेपाल आएकी थिइन्। तर, महामारीका कारण चलचित्रको छायांकन हुन नसकेपछि उनी फर्किएकी हुन्। फागुनअगाडि चलचित्रको छायांकन हुन नसक्ने निर्माण पक्षले जनाएको छ।
उक्त चलचित्रमा अदितिसँग गायक नितेश जंग कुँवरको मुख्य भूमिका रहनेछ। चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अदितिको यो दोस्रो चलचित्र हो।
उनी मुम्बईमा बसेर मोडलिङ गर्दै र अभिनय सिक्दै आएकी छिन्। बोल्ड एण्ड हट तस्बिरका कारण उनी सामाजिक सञ्जालमा चर्चामा छिन्।
" /> काठमाडौँ। चलचित्रको छायांकनको काम नभएपछि नायिका तथा मोडल अदिति बुढाथोकी मुम्बई फर्किएकी छिन्। कोरोना महामारीका कारण नयाँ चलचित्रको छायांकन अझै हुन सकेको छैन्।महामारीअगाडि छायांकन भएर रोकिएका चलचित्र मात्र छायांकनमा गएका छन्। नयाँ चलचित्रको छायांकन अझै लम्बिने संकेत मिलेपछि अदिति आफ्नो ‘दोस्रो घर’ अर्थात् मुम्बई फर्किएकी हुन्। अदितिले मुम्बइलाई आफ्नो ‘दोस्रो घर’ भन्ने गर्छिन्।

">