काठमाडौं। हास्य कलाकार मनोज गजुरेल दोस्रो विवाहको तयारीमा लागेका छन्।
२०७४ सालमा श्रीमती मीना ढकालसँग सम्बन्धविच्छेद गरेर एक्लै बस्दै आएका मनोज चाँडै विवाह गर्न लागेका हुन्।
यद्यपि विवाहको तिथिमिति भने तय भएको छैन। आफू नयाँ जीवन सुरु गर्न लागेको तर, कहिले गर्ने भन्ने अहिलेसम्म कुनै टुंगो नलागेको उनको भनाइ छ।
“तीन वर्षदेखि सिंगल जीवन बिताइरहेको छु। अब नयाँ जीवनको सुरुआत गर्दैछु। तर, समय अहिले नै निश्चित भएको छैन,” मनोजले देखापढीसँगको संक्षिप्त कुराकानीको क्रममा भने।
उनले को सँग र कहिले विवाह गर्न लागेको कुरा खुलाएका छैनन्। “केही व्यवहारिक पाटोको टुंगो लागेपछि सबै कुरा सार्वजनिक हुन्छ। अहिलेलाई यति मात्र सन्देश दिँदा हुन्छ,” उनले भने।
घर परिवार, साथीभाइ तथा शुभचिन्तकहरूले उनलाई विवाहका लागि आग्रह गर्दै आएका थिए। तर, उनले अहिलेसम्म आफ्नो विवाहबारे खुलेर कुरा गर्न सकेका छैनन्।
२०७४ माघमा मनोज र मीनाले २२ वर्षे लामो वैवाहिक जीवनलाई अन्त्य गरेका थिए। आपसी समझदारीमा नै सम्बन्धविच्छेद गरेका उनीहरूका एक छोरा, एक छोरी छन्।
सम्बन्धविच्छेदको समयमा छोरा मिरोज मनोजसँग र छोरी मेमोरी आमासँग बस्ने सहमति भएको थियो। तर, अहिले दुवैजना बुबासँगै बस्दै आएका छन्।
मनोज केही समय अगाडि कोरोना संक्रमित भएका थिए। अक्सिजनको लेभल कम भएपछि उनी केही दिन अस्पतालको आईसीयूमा बसेका थिए। उनी आईसीयूमा हुँदा मीनाले सामाजिक सञ्जालमार्फत् शीघ्र स्वास्थ्यलाभको कामन गरेकी थिइन्।
कोरोना संक्रमणमुक्त भएको लामो समय भए पनि उनको स्वरमा अझै समस्या छ। “बढी औषधि सेवन गर्नुपरेका कारण अहिले पनि स्वरमा समस्या आएको छ। डाक्टरले अझै केही समय भ्वाइस रेष्ट गर्नुपर्ने सुझाव दिएका छन्,” मनोजले भने।
" /> काठमाडौं। हास्य कलाकार मनोज गजुरेल दोस्रो विवाहको तयारीमा लागेका छन्।२०७४ सालमा श्रीमती मीना ढकालसँग सम्बन्धविच्छेद गरेर एक्लै बस्दै आएका मनोज चाँडै विवाह गर्न लागेका हुन्।

">