कैलाली। मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि आस्था पाण्डेय र रोशन खत्रीले हात पारेका छन्।
१४ मंसीर राति सम्पन्न मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको फाइनल कार्यक्रममा पाण्डेय र खत्रीले उपाधि हात पारेका हुन्।
मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको महिलातर्फ फस्ट रनर अपको उपाधि आरती ओझाले हात पारेकी छन् भने पुरुषतर्फ शाहिल खड्काले उपाधि पाउन सफल भएका छन्। त्यसैगरी, सेकेन्ड रनर अपको उपाधि महिलातर्फ अनामिका न्यौपाने र पुरुषतर्फ हेम सागर मल्लले हात पारे।
कार्यक्रमको निर्णायकमा कलाकार आर्यन सिक्देल र पूर्वसेनापति रुक्माङगद कटुवालका अलवा अलिजा महर्जन, निशु झा, अश्विनी झा र पुस्कर ओझा रहेका थिए।
अप इन्टरटेन्मेन्ट प्रालिद्वारा हरेक वर्ष आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिता मध्ये मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौँ संस्करण हो।
" /> कैलाली। मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि आस्था पाण्डेय र रोशन खत्रीले हात पारेका छन्।१४ मंसीर राति सम्पन्न मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको फाइनल कार्यक्रममा पाण्डेय र खत्रीले उपाधि हात पारेका हुन्।

">