महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइबाटै थाहा हुन्छ, मुनामदन उनका लागि कति प्रिय थियो।
“देवकोटाका लागि मुनामदन जत्ति नै मलाई पनि प्यारो छ, मेरो ‘तीनपाते’,” यस गीतका रचनाकार हर्क साउद भन्छन्, “मलाई सबैभन्दा प्यारो लागेको गीत हो यो र दर्शकले पनि मन पराइदिनुभयो।”
हुन पनि अगस्ट ५ मा ‘आर्टमान्डु’ युट्युब च्यानलबाट सार्वजनिक भएको गीत ‘तिनपाते’ एक करोड ३७ लाखभन्दा धेरैपटक हेरिएको छ।
अगस्ट पहिलो साताको अन्त्यतिर सर्ट भिडिओ सेयरिङ प्लेटफर्म ‘टिकटक’मा
आफै मुस्काऊ मुसुक्क... जुन तारा टिपी कोही दिँदैन...
थोपा-थोपा मिली बग्छ खोला... सागरको कुनै मुहान हुँदैन...
यो लाइन एकाएक भाइरल बन्यो। यो लाइनले दर्शकको खुबै मन जित्यो र यसै लाइनले तीनपाते नामको समग्र गीतलाई नै युट्युबको ट्रेन्डिङसम्म पुर्यायो।
सुजन चापागाईं र विद्या तिवारीले गाएको यो गीतको म्युजिक भिडिओमा एउटा गाउँले परिवेसमा हुर्केको प्रेमलाई बयस्क अवस्थासम्म पुर्याएर देखाइएको छ। के तपाईंलाई थाहा छ? यो कुन ठाउँको सुटिङ हो? र गीतको बोल ‘तिनपाते’को सार के हो?
भिडियोमा देखिएको चियाबारीबाटै अनुमान लगाउन सकिन्छ कि त्यो परिवेश इलामको हो। तर गीतको नाम तीनपाते राख्नुको सार चाहिँ?
“पहिल्यै इलाम जाँदा चिया टिपेको देखेको थिएँ, चियाको मुना तीनपाते भएपछि उत्कृष्ट चिया बन्न लायक हुँदो रहेछ, चियाका लागि तीनपाते मुना वयस्क हुँदो रहेछ,” आफ्नो सन्तानझैँ प्रिय गीतको न्वारानको कथा सुनाउँदै साउद भन्छन्, “भिडिओका लागि हाम्रो टिमको कन्सेप्ट क्लियर थियो, तर सुहाउँदा शब्द खोज्ने मेरो काम थियो। यत्तिकैमा इलाम भन्नेबित्तिकै मैले चिया सम्झिएँ, अनि चियापछि तीनपाते मुना पनि। लेखिसकेपछि नाम पनि त्यही राखेँ, ‘तिनपाते’।”
यसअघि लेखेका ‘सुन साइँली’, ‘के माया लाग्छ?’ जस्ता गीतहरू पनि हिट भइसकेका थिए। तर ती गीतको सफलताले आफूलाई थप उत्कृष्ट गर्ने चुनौती दिएको आभास नै नभएको साउद बताउँछन्।
“सबै काम उत्कृष्ट बनून्, यो त मानवीय चाहना नै हो,” उनी भन्छन्, “ती गीतहरू हिट भए अबको पनि हिट हुनैपर्छ भन्ने पटक्कै लागेन, तर आफूलाई मनपर्ने र चित्त बुझ्दो गरेँ भने दर्शकले पनि पक्कै मनपराउनु हुनेछ भन्ने विश्वास चाहिँ मसँग थियो।”
“नबिन (चौहान– तिनपातेका भिडिओ निर्देशक) जीले कन्सेप्ट सुनाउनुभयो– धेरै नेपाली युवाहरू वैदेशिक रोजगारमा गइरहेका छन् र यो अवस्थामा आफ्नै पराम्परागत शैलीमा चलिरहेका उद्योगहरूलाई आधुनिक हिसाबले प्रोमोसन गर्यौँ भने हामी स्वदेशमा पनि समृद्ध जीवन जिउन सकिन्छ भन्ने देखाउने र मैले पनि त्यसैअनुसार गीत तयार गरेँ,” साउद भन्छन्, “मेरा लागि पनि यो गीत उत्कृष्टमध्ये एक हो।”
“मलाई किन पनि मन पर्छ भने, यसमा सबै कुरा समेटिएको छ। गीतमा के दिन खोजिएको छ भने– एउटा सामान्य मानिसको बाल्यवस्थादेखि युवावस्थासम्मको प्रेम र संघर्ष।”
देखेर तिमीलाई... हेरेर तिमीलाई... तिमीलाई... तिमीलाई...तिमीलाई...
भेटेर तिमीलाई... सम्झेर तिमीलाई... तिमीलाई... तिमीलाई...तिमीलाई...
देखेर तिमीलाई... हेरेर तिमीलाई...
भेटेर तिमीलाई... सम्झेर तिमीलाई...
मनै-मनमा माया तीनपाते भइदियो...
मनै-मनमा माया तीनपाते भइदियो...
“यो लाइनसम्म वाल्यवस्थादेखि युवावस्थासम्म आइपुगेको प्रेमलाई प्रस्तुत गरिएको छ,” साउद भन्छन्, “केटाले आफ्नो कुरा राखिसकेपछि केटीले पनि त्यसको उत्तर दिने क्रममा जन्मियो–
विपनीमा तिमीलाई... सपनीमा तिमीलाई...
दिनरात तिमीलाई, सम्झेर तिमीलाई...
मेरो रस-रङ्ग सबै.. तिमीतिरै गइदियो...
गीतका कुनै पनि अन्तराको न लय, न संगीत न भाका केही पनि उस्तै छैन, दोहोरिएको पनि छैन। हरेक लाइनको छुट्टै बनाइएको यो गीतको अर्को लाइनमा गाउँघरतिर प्रयोग हुने ठेट नेपाली शब्दहरूको प्रयोग गरिएको छ।
“ग्रामीण क्षेत्रमा बोलिने ठेट नेपाली भाषाका शब्दहरूको प्रयोग गरेर गीत लेख्न रुचाउने मान्छे, म। मैले ‘के माया लाग्छ’मा पनि – उखुमै, हुरहुरी, गुटुङटुङजस्ता शब्दको प्रयोग गरेको छु,” उनी भन्छन्, “शायद त्यसैले पनि दर्शकहरूलाई छोएजस्तो लाग्छ। यो गीतको ‘तिनपाते’ पनि त्यस्तै हो।”
सामान्य जीवनमा आइपर्ने-भोग्ने र देखिने कुरालाई गीतमा उतार्न माहिर साउदले लेख्न थालेको धेरै भएको छैन, तर समय थोरै भए पनि सफलता उल्लेखनीय छ। प्रायः सबै जिन्दगीसँग जोडिएका गीत लेख्ने साउदले यो गीतमा पनि वैदेशिक जीवनको विकल्प देखाउने भिडिओलाई सार्थक बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
दर्शकले धेरै मन पराएको लाइन रचनाकार साउदको पनि गीतमध्ये सबैभन्दा मनपर्ने लाइन हो त? अहँ, होइन।

“धेरैले यो लाइन मन पराउनुभयो, तर मलाई चाहिँ लेखिसकेपछि अन्तिम लाइन मन पर्यो –
आऊ समाऊ... यी नाडी मेरा... तिम्रै नाम... दिनरात चल्छन्...
उठाऊ यी मेरा नजरका घुम्टोहरू... तिमै मुहार हेर्न चन्चल छन्...

उठाऊ यी मेरा नजरका घुम्टोहरू... तिमै मुहार हेर्न चन्चल छन्
मनै मनमा माया तीनपाते भइदियो...
मेरो रस-रङ्ग सबै तिमीतिरै गइदियो...
“यो लाइन छ नि? मलाई चाहिँ त्यो मन पर्यो,” साउद भन्छन्, “मैले हातको सट्टामा ‘नाडी’ लेखेको छु, किनभने ‘नाडी’ भन्नाले हत्केलाभन्दा माथिको भाग बुझिन्छ, जहाँबाट हृदयको धड्कनको पनि अनुभूति गर्न सकिने भएकाले मैले नाडी लेखेको हुँ।”
कोही बिरामी भयो भने पनि डाक्टरले नाडी छाम्ने चलन छ र त्यसको अर्थ मुटुको धड्कनको अवस्था बुझ्नु हो। साउदले त्यसै कुरालाई समेटेर ‘आऊ समाऊ... यी नाडी मेरा... तिम्रै नाम... दिनरात चल्छन्...’ भनेर गीतमा समावेश गरेका छन्।
शिरफुल सिरैमा लाउँला कसरी... नौ गेडी कानैमा लाउँला कसरी...
ओठैमा हाँसो... आउँला कसरी.... सुन्छु नि कानै भरी मन उड्छ डाँडैपारि....
“यो लाइन कसरी आयो भने, ‘आफै मुस्काऊ’भन्दा अगाडि केटीले गाएको लाइन (‘ओठैमा हाँसो आउँला कसरी...) लेखिसकेपछि त्यसको उत्तर थियो आफै मुस्काऊ मुसुक्क भन्ने लाइन,” गीतको कथा सुनाउँदै साउदले भने, “ग्रामीण परिवेशका महिलाहरूले जतिसुकै पढाइलेखाइ गरे पनि अरूले राम्रो खाएको, राम्रो लगाएको कुरा देखेर आफूसँग केही नहुँदा एक किसिमको चिन्ता बोध गरिरहेका हुन्छन्, त्यो महिलाको पक्षबाट प्रस्तुत गरिउको छ, ‘ओठैमा हाँसो...’ यो लाइनले त्यही भन्छ।”
कसरी खुशी र सुखी हुने केटीको चिन्ताको उत्तरमा केटाले भनेको लाइन हो–

“भिडिओमा त्यो प्रष्ट देखिन्छ, यो लाइनसम्म ग्रामीण परिवेशमा यी प्रेम जोडीले विवाह गरेर जीवन बिताइरहेका छन्,” उनी भन्छन्, “हाम्रो भिडिओको मोरल नै पनि पराम्परागत रूपमा चलिरहेका उद्योगहरूलाई आधुनिक तरिकाले चलाएर स्वदेशमै जीवन व्यथित गर्न सकिन्छ र सुखी भएर बस्न सकिन्छ भनेर देखाउने भन्ने थियो। त्यसैले मलाई मन परेको अन्तिम लाइन ‘आऊ समाऊ... यी नाडी मेरा... तिम्रै नाम... दिनरात चल्छन्...’ लेखिएको हो। यो लाइनमा चाहिँ दुवैजनाको संघर्ष र साथ एउटा सुखमा परिणत भएको क्षण हामीले देखाएका छौँ र त्यो अन्तिम लाइनमा चाहिँ संघर्षपछिको सुख देखाइएको हो।”
बागबजारमा ‘आराधना क्याफे’ चलाएर जीविका चलाइरहेका साउदले लेख्ने गीतहरूमा जीवन भोगाइ र संघर्षका कथा उल्लेख हुन्छन्। आफू पनि उमेरले ४० वर्ष पुग्नै आँटेको बताउँदै साउद भन्छन्, “गीतमा उल्लेख भएका सन्दर्भ र घटनाहरू कतिपय त मैले दैनिक जीवनमा अनुभव गरेका कुरा पनि हुन्, तर गीत रचना गर्नु सिर्जना, एक सिर्जना हो र सिर्जनामा सबै कुरा तथ्य नै हुन्छन् भन्ने पनि होइन।”
" /> “मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाहिँ नजलाउनू।”महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइबाटै थाहा हुन्छ, मुनामदन उनका लागि कति प्रिय थियो।

">