काठमाडौं। प्रसिद्ध भारतीय अभिनेता रजनीकान्तले राजनीतिक पार्टी खोल्ने भएका छन्।
उनले आफ्नो ट्विटर अकाउन्टमा यस्तो घोषणा गरेका हुन्। उनले नयाँ वर्ष (जनवरी) १ मा पार्टी बनाउने र त्यसको घोषणा डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि जनाएका छन्।
उनको मातृभाषा तमिलमा गरिएको ट्विटमा केही ह्यासट्याग पनि सेयर गरिएको छ। एक ह्यासट्यागमा भनिएको छ- अहिले होइन भने कहिल्यै होइन।
अर्को पनि ह्यासट्याग छ, त्यसमा उल्लेख छ- हामी बदल्छौं, हामी सबथोक बदल्छौं।
यो घोषणापूर्व रजनीकान्तले आफ्नो संगठन ‘रजनी मक्कल मन्दरम’ का जिल्ला सचिवहरुसँग नोभेम्बर ३० मा विचार-विमर्श गरेका थिए। उक्त विमर्शपश्चात् उनले बाचा गरेका थिए, आफूले छिट्टै राजनीतिक पार्टीको घोषणा गर्ने।
रजनीकान्तको घोषणा सुनेपछि उनका प्रशंसकहरूमा खुसी छाएको देखिएको छ। उनका फ्यानहरुले आतिसबाजी गरेर घोषणाको स्वागत गरेका थिए।
बलिउडका प्रख्यात अभिनेता रजनीकान्तले २०१७ मै राजनीतिक पार्टी बनाउने बताएका थिए। विगतमा सोसल मिडियामा एउटा चिठी सेयर गरिएको थियो, जुन रजनीकान्तले नै लेखेको अनुमान गरिएको थियो। त्यो चिठीमा रजनीकान्तको स्वास्थ्यबारे चिन्ता गरिएको थियो।
तर, रजनीकान्तले भने उक्त चिठी आफूले नलेखेको बताउँदै आएका छन्। उनको स्वास्थ्य ठीक नरहेको भने उनले स्वीकार गरेका थिए।
चिठीमा उल्लेख गरिएका कतिपय सन्दर्भले रजनीकान्तले पार्टी खोल्ने विचार त्यागेको बुझाउँथ्यो। तर, अहिले उनी स्वयम्ले नै आफ्नो राजनीतिक योजनाबारे बोलेपछि पुराना अनुमानमा पूर्णविराम लागेको छ।
रजनीकान्तका प्रशंसक दक्षिण भारतमा मात्र होइन, पूरै भारतभर छन्। उनीहरु आफ्नो प्रिय कलाकार राजनीतिमा आएको हेर्ने तीव्र प्रतीक्षामा छन्। रजनीकान्तले आफ्ना प्रशंसकले अब लामो समय प्रतीक्षा गर्नु नपर्ने संकेत दिएका छन्।
(बीबीसी)
" /> काठमाडौं। प्रसिद्ध भारतीय अभिनेता रजनीकान्तले राजनीतिक पार्टी खोल्ने भएका छन्।उनले आफ्नो ट्विटर अकाउन्टमा यस्तो घोषणा गरेका हुन्। उनले नयाँ वर्ष (जनवरी) १ मा पार्टी बनाउने र त्यसको घोषणा डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि जनाएका छन्।

">