एजेन्सी। कोरोना महामारीकाबीच बलिउड सुपरस्टार शाहरुख खानले स्पाई थ्रिलर फिल्म ‘पठान’को सुटिङ सुरु गरेका छन्। पछिल्ला दिन शाहरुख लामो कपालमा देखिएका छन् जुन उनले पठानको लागि पालेका हुन्।
यशराज प्रोडक्सनमा बनिरहेको पठानमा शाहरुखसँगै सलमान पनि ‘टाइगर’ शैलीमा देखिने छन्। शाहरुख र सलमानलाई सँगै ठूलो पर्दामा दर्शकले नदेखेको धेरै भएको थियो।
पठानले दर्शकको शाहरुख र सलमानलाई सँगै हेर्ने चाहनलाई पूरा गर्ने भएको हो। पठानमा सलमानलाई मात्र होइन अन्य बलिउड सुपरस्टारहरूलाई पनि दर्शकले देख्न पाउने छन्। यसकारण पठान बलिउडमा आजसम्मको सबैभन्दा बढी प्रतिक्षा गरेको फिल्ममा परेको छ।
स्रोतका अनुसार पठानमा शाहरुख र सलमान एकसाथ देखिनु एक सुरुवात मात्र हो। “हलिउडमा एभेन्जर्स सिरिजको सफलताले चर्चित कलाकारलाई एकै लक्ष्यको लागि एक ठाउँमा ल्याएर दर्शकको मन जितेको छ। बलिउडमा पनि रोहित शेट्टीको फिल्ममा यस्तै कलाकारहरुको उपस्थिति देखिन थालेको छ। अक्षय कुमार अभिनित ‘सूर्यवंशी’मा सिंघम र सिम्बा एकसाथ देखिनेछन्। यीनै दृश्यले आदित्य चोपडलाई आफ्नो फिल्ममा ‘टाइगर’को रुपमा सलमानलाई जोड्न लागेका हुन्। अहिले टाइगरको मात्र प्रवेश भएको हो। पठानबाट आदित्य चोपडा स्पाई यूनिभर्स निर्माण गर्नेछन्,” स्रोतले भन्यो।
सबै कुरा ठिकठाक चल्यो भने सन् २०२३ मा सबै स्पाईहरुलाई आदित्य चोपडा एउटै पिल्ममा देखाउने तयारी गरिरहेको स्रोतको दाबी छ।
शाहरुख र सलमान मात्र होइन स्पाई भूमिकामा देखिसकेका कैटरीना कैफ र दीपिका पादुकोण पनि एकसाथ देखिनेछन्।
यशराज पिल्म्सको ‘वार’मा ऋतिक रोशन पनि स्पाईको भूमिकामा देखिएका थिए। ऋतिक पनि आदित्यको स्पाई युनिभर्समा जोडिने बताइएको छ।
" /> एजेन्सी। कोरोना महामारीकाबीच बलिउड सुपरस्टार शाहरुख खानले स्पाई थ्रिलर फिल्म ‘पठान’को सुटिङ सुरु गरेका छन्। पछिल्ला दिन शाहरुख लामो कपालमा देखिएका छन् जुन उनले पठानको लागि पालेका हुन्।यशराज प्रोडक्सनमा बनिरहेको पठानमा शाहरुखसँगै सलमान पनि ‘टाइगर’ शैलीमा देखिने छन्। शाहरुख र सलमानलाई सँगै ठूलो पर्दामा दर्शकले नदेखेको धेरै भएको थियो।

">