प्रभास र सैफ अलीको ‘आदिपुरूष’ मा सीता बन्दै कृति सानोन

एजेन्सी। प्रभास र सैफ अली खानको अभिनय रहने मेगा बजेटको फिल्म ‘आदिपुरूष’ सुरुदेखि नै कथाका कारण चर्चामा छ।

असत्य माथि सत्यको जीतमा आधारित फिल्म आदिपुरूषमा प्रभास भगवान रामको भूमिकामा देखिंदै छन्। सोही फिल्ममा सैफ अली खान भने लंकाका राजा रावणको भूमिकामा छन्।

आदिपुरूषका निर्माता पछिल्लो समय सीताको खोजीमा थिए। अब यो खोजीको अन्त भएको छ। सीता भेटिएकी छन्। सीतामा रुपमा निर्माताले नायिका कृति सानोन रोजेका छन्।

खबरअनुसार निर्माताले आभासको जोडीको रुपमा सीताको भूमिकामा कृति सानोनलाई अनुबन्ध गरिसकेका छन्। सीताको लागि धेरै नायिकाको नाम लिइएको भए पनि अन्तमा कृतिलाई छनोट गरिएको हो।

पहिला सीताको भूमिकामा अनुष्का शेट्टी, अनुष्का शर्मा, कियारा आडबाणी र कीर्ति सुरेशको नाम लिइएको थियो। तर अन्तमा बाजी मारेकी छन् कृतिले।

यो फिल्म अहिले प्री-प्रोडक्शनको चरणमा छ। सन् २०२१ को जनवरीबाट छायांकन सुरु हुने जनाइएको छ। फिल्मलाई हिन्दीको साथै तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा पनि रिलिज गरिनेछ। ओम राउतले निर्देशन गर्ने यो फिल्म थ्रिडीमा पनि तयार हुनेछ। फिल्म सन् २०२२ अगष्ट ११ का दिन रिलिज गरिनेछ।

प्रतिक्रिया दिनुहोस्