एजेन्सी। एसएस राजामौलीको फिल्म ‘आरआरआर’ सुरुदेखि नै उत्सुकताको विषय बनेको छ। जुनिएर एनटीआर र राम चरण अभिनित यो फिल्म तेलुगु, हिन्दी, तामिल, मलयालम र कन्नाडा भाषामा रिजिल हुँदै छ।
हिन्दी भाषाका दर्शकलाई आकर्षित गर्न फिल्ममा यसअघि नै अजय देवगन र आलिया भट्टलाई विशेष भूमिका दिइएको छ। राजामौलीले अहिले आमिर खानलाई पनि विशेष भूमिकामा फिल्ममा प्रवेश गराइसकेको पुष्टि भएको छ।
आमिर खान आरआरआरमा अभिनय गर्दै भने देखिने छैनन्। उनले फिल्ममा आफ्नो आवाज मात्र दिनेछन्।
“आमिर खान फिल्ममा आवाज दिनको लागि सहमत भएका छन्। उनले फिल्मको कथा भन्नेछन् भने जूनियर एनटीआर र राम चरणलाई पनि दर्शकसँग परिचित गराउनेछन्,” स्रोतले बताएको छ, “उनको फिल्मभित्र मात्र होइन ट्रेलरमा पनि सुन्न सकिनेछ। अजय, आलिया र आमिरको साथ पाएर फिल्म अब एएए प्रोजेकट बनेको छ।”
पछिल्लो १० वर्षदेखि आमिरलाई महाभारत बनाउने इच्छा छ। यसको लागि उनले एसएस राजमौली र उनको पिता के विजयेन्द्र प्रसादसँग मिलेर पटकथा लेखिरहेका छन्।
महाभारतलाई आमिरले ठूलो पर्दामा पस्कन खोजिरहेका छन्। यसको लागि आमिरले आरआरआरमा आवाज दिएर सहयोगको पहिलो कदम चालेका छन्।
" /> एजेन्सी। एसएस राजामौलीको फिल्म ‘आरआरआर’ सुरुदेखि नै उत्सुकताको विषय बनेको छ। जुनिएर एनटीआर र राम चरण अभिनित यो फिल्म तेलुगु, हिन्दी, तामिल, मलयालम र कन्नाडा भाषामा रिजिल हुँदै छ।हिन्दी भाषाका दर्शकलाई आकर्षित गर्न फिल्ममा यसअघि नै अजय देवगन र आलिया भट्टलाई विशेष भूमिका दिइएको छ। राजामौलीले अहिले आमिर खानलाई पनि विशेष भूमिकामा फिल्ममा प्रवेश गराइसकेको पुष्टि भएको छ।

">