एजेन्सी। भारतीय र्यापर हनी सिंहले नयाँ गीत ‘फर्स्ट किस’ को म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। भिडिओमा सिंहको साथमा इप्सिता पनि देखिएकी छन्। भिडिओ रिलिज भए लगत्तै युट्युबमा यसलाई धेरैले रुचाएका छन्।
गीतमा सिंह र इप्सिता दुवैको स्वर रहेको छ। गीलाई लिल गोली, होमी दिल्लीवाला, सिंघस्टा र हनी सिंहले लेखेका हुन्। रिलिज भएको चौबिस घण्टामा भिडयोलाई साढे १६ लाखभन्दा बढीले हेरेका छन्।
यसअघि सिंहको ‘केयर नी करदा’ गीत रिलिज गरेका थिए। यसमा पनि सिंहले धमाकेदार र्याप गरेका थिए। हनी सिंह हालै बाइपोलर डिसअर्डरबाट गुज्रिएका थिए।
उनलाई दीपिका पादुकोण र शाहरुख खानले अप्ठेरो समयमा मद्दत गरेको बताएका थिए। “त्यो समय मेरो लागि निकै अप्ठेरो थियो। मैले मादक पदार्थ सेवन गर्न सुरु गरेको थिएँ। सुत्न सक्दैनथे। यसले झन् रोग बढाएको थियो। यो दर्दनाक घडिलाई म लुकाउन चाहन्न,” उनले भनेका छन्।
" /> एजेन्सी। भारतीय र्यापर हनी सिंहले नयाँ गीत ‘फर्स्ट किस’ को म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। भिडिओमा सिंहको साथमा इप्सिता पनि देखिएकी छन्। भिडिओ रिलिज भए लगत्तै युट्युबमा यसलाई धेरैले रुचाएका छन्।गीतमा सिंह र इप्सिता दुवैको स्वर रहेको छ। गीलाई लिल गोली, होमी दिल्लीवाला, सिंघस्टा र हनी सिंहले लेखेका हुन्। रिलिज भएको चौबिस घण्टामा भिडयोलाई साढे १६ लाखभन्दा बढीले हेरेका छन्।

">