काठमाडौं। चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन्।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन। त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरूको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन्।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसके पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिलेसम्म कुनै पनि फाइदा लिन नसकेको बताए। उनले भने, ‘‘साँच्चै भन्ने हो भने हामीलाई बजेटले पनि समेटेन अति प्रभावितमा। राष्ट्र बैंकले चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा समेटिदियो। तर त्यसको अहिलेसम्म के फाइदा हो भन्ने कुरा आएको छैन।’’
चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, स्रस्टा सर्जकहरूलाई समस्या भइरहेको जानकारी अर्थ मन्त्रालयमासमेत गराइसकेको उनले बताए। सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न आफूहरू तयार रहेको पनि अधिकारीले बताए।
‘‘गीत, संगीत, स्रष्टा, सर्जक, कलाकार, प्राविधिक यी सबैको समस्या छ। यस कारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौं,’’ उनले भने, ‘‘हाम्रो भनाइ, अब हामीलाई छायांकन खोलिदिनुस् हामी विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सीसीएमसीको मापदण्डलाई अपनाएर सिनेमा छायांकनमा जान सक्छौं भन्ने कुरा पनि लगेर हामीले बुँदागत यो-यो गर्न सक्छौं र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौं।’’
अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरञ्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्न माग गरे। त्यसको साथसाथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि बताए। यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दूरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवामुलक उद्योगको रूपमा स्थापित गर्न सफल भएको उनले बताए।
‘‘मलाई चलचित्र क्षेत्र, चलचित्र निर्माता संघका साथीहरू र त्यसको साथसाथै चलचित्र समन्वय समिति र उद्योग वाणिज्य महासंघको विशेष सहयोगले नै राष्ट्रिय मान्यता प्राप्त उद्योगमा हाल्न सफल भयौं,’’ अधिकारीले भने।
अध्यक्ष अधिकारीले उद्योग वाणिज्य महासंघको ५४ औं आसन्न साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
" /> काठमाडौं। चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन्।कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन। त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरूको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन्।

">