काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतको दावी थियो, '९९ प्रतिशत बलिउडकर्मी लागुऔषध प्रयोगकर्ता छन्।' उनको त्यो दावीले बलिउडकर्मीमा तरंग नै पैदा गर्यो। सँगै लागुऔषधबारे अनुसन्धान गर्ने निकाय नारकोटिक्स कन्ट्रोल ब्यूरोलाई राम्रै सुराक भयो।
ब्यूरोले सुशान्त सिंह राजपूतको आत्महत्यापछि लागू औषधमा बलिउडकर्मीको कनेक्सनका विषयमा छानविन थालेको थियो। सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई एक महिनासम्म न्यायिक हिरासतमा लिएर अनुसन्धान गरेको ब्यूरोले थुप्रै बलिउडकर्मीमाथि जाँच गर्दै आएको छ।
हिजो, २१ नोभेम्बरमा चर्चित कमेडियन भारती सिंह र उनका श्रीमानलाई नियन्त्रणमा लिइयो। महाराष्ट्रस्थित उनका तीनवटा घरमा छापा मारेको ब्यूरोले ८६.५ ग्राम गाँजा बरामद गरेको थियो।
भारती पक्राउ परेसँगै बलिउडकर्मीहरूमा त्रास देखिएको छ। लामो समयदेखि लागुऔषध प्रयोग गर्दै आएका बलिउडकर्मीहरूमा यस्तो त्रास देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
ब्यूरोले दीपिका पादुकोण, सारा अली खान, रकुल प्रीत सिंह, अर्जुन रामपाल तथा उनका पार्टनर गैब्रिएला डेमेट्रिएड्सलगायतका बलिउडकर्मीमाथि सोधपुछ गरिसकेको छ।
न्यायिक हिरासतमा रहेकाहरूले धमाधम बलिउडकर्मीहरूको नाम लिन थालेपछि ब्यूरोले अनुसन्धानलाई तिब्रता दिएको छ।
भारतीबारे अर्जुन रामपालका साथी गैब्रिएलाले नाम लिएका थिए। उनले नाम लिएको आधारमा ब्यूरोले भारतीको घरमा छापा मारेको हो। पक्राउ परेका दुवैजनालाई आज अदालतमा पेस गरिनेछ। न्यायिक हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति माग्न अदालतमा पेस गरिन लागेको हो।
त्यस्तै अन्य बलिउडकर्मीहरूमाथि पनि निगरानी राखिएको ब्यूरोले जनाएको छ। ब्यूरो मुम्बईका निर्देशक समीर वानखेडेले लागुऔषध सेवन तथा कारोबारमा अझै धेरै बलिउडकर्मीमाथि छानविन गरिने जानकारी दिए।
“भारती र उनका श्रीमानबारे हिरासतमा रहेकाहरूसँग कनेक्सन देखियो। त्यही आधारमा घरमा रेड मारेका थियौं। हामीले सोधपुछका लागि दुवैजनालाई हिरासतमा लिएका छौं,” उनले भने, “यो क्रम जारी नै छ। जति जनासँग कनेक्सन देखिन्छ। हामी सोधपुछका लागि हिरासतमा लिन्छौं।”
भारतमा गाँजा बरामद भएमा परिमाण अनुसार जेल, नगद जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। अन्य लागुऔषधमा भने फरक-फरक खालको जेल सजाय तथा जरिवाना हुन्छ।
" /> काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौतको दावी थियो, '९९ प्रतिशत बलिउडकर्मी लागुऔषध प्रयोगकर्ता छन्।' उनको त्यो दावीले बलिउडकर्मीमा तरंग नै पैदा गर्यो। सँगै लागुऔषधबारे अनुसन्धान गर्ने निकाय नारकोटिक्स कन्ट्रोल ब्यूरोलाई राम्रै सुराक भयो।ब्यूरोले सुशान्त सिंह राजपूतको आत्महत्यापछि लागू औषधमा बलिउडकर्मीको कनेक्सनका विषयमा छानविन थालेको थियो। सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई एक महिनासम्म न्यायिक हिरासतमा लिएर अनुसन्धान गरेको ब्यूरोले थुप्रै बलिउडकर्मीमाथि जाँच गर्दै आएको छ।

">