काठमाडौं। बलिउड अभिनेता अक्षयकुमारले एक युट्युबरमाथि मानहानिको आरोप लगाएका छन्। राशिद सिद्दीकी नाकको युट्युबरमाथि मानहानिको आरोप लगाउँदै ५०० करोड क्षतिपूर्तिको माग गरेका हुन्। ती युट्युबरले सुशान्तसिंह राजपूतको आत्महत्यासँग अक्षयलाई जोडेका थिए।
उनले रिया चक्रवर्तीलाई क्यानाडा भाग्नमा अक्षयले सहयोग गरेको भन्दै भिडिओ बनाएका थिए। त्यस्तै अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरे तथा उनका छोरा आदित्यसँग गुपचुप कुराकानी गर्ने गरेको आरोप लगाएका थिए।
मिड डेको रिपोर्टअनुसार सिद्दीकीको भिडियोमा एमएस धोनी ः द अनटोल्ड स्टोरी पछि सुशान्तलाई अक्षयले सुख नदिएको उल्लेख गरेका थिए। २५ वर्षीय बिहार घर भएका ती युट्युबर सिभिल इन्जिनियर हुन्। उनले एफएफ न्यूज नामक युट्युब च्यालन चलाउँदै आएका छन्।
त्यही भिडिओबाट उनले १५ लाख रूपैयाँ भारु आम्दानी गरेका थिए। सुशान्तको मृत्युपछि झुठा खबर फैलाएको भन्दै वकील धर्मेन्द्र मिश्राले युट्युबरविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। अनुन्धानको क्रममा आफ्नो सब्स्क्राइबर बढाउनका लागि उनले झुठा भिडिओ बनाएको खुलेको थियो।
सिद्दीकीको युट्युब च्यानलले एक महिनामा एक लाख सब्सक्राइबर्सबाट ३.७० लाखभन्दा बढी पुर्याएका थिए। मे महिनामा २९६ रुपैयाँ आम्दानी गरेका उनले सेप्टेम्बरमा ६ लाख ६० हजारभन्दा बढी आम्दानी गरेका थिए। अदालतले सिद्दीको हिरासतमा लिएर थप अनुसन्धान गर्न आदेश दिएको छ।
" /> काठमाडौं। बलिउड अभिनेता अक्षयकुमारले एक युट्युबरमाथि मानहानिको आरोप लगाएका छन्। राशिद सिद्दीकी नाकको युट्युबरमाथि मानहानिको आरोप लगाउँदै ५०० करोड क्षतिपूर्तिको माग गरेका हुन्। ती युट्युबरले सुशान्तसिंह राजपूतको आत्महत्यासँग अक्षयलाई जोडेका थिए।उनले रिया चक्रवर्तीलाई क्यानाडा भाग्नमा अक्षयले सहयोग गरेको भन्दै भिडिओ बनाएका थिए। त्यस्तै अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरे तथा उनका छोरा आदित्यसँग गुपचुप कुराकानी गर्ने गरेको आरोप लगाएका थिए।

">